Wednesday, November 29, 2017

बाँकी जीवन नेपालीको घरघरमा प्रकाश ल्याउन समर्पित हुन्छु ः अध्यक्ष दाहाल

चितवन, १३ मंसिर ः नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन सबै नेपालीको घरमा प्रकाश ल्याउनमा समर्पित हुने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ को शुक्रनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले छोरा प्रकाशको आर्यघाटमा अन्त्येष्टि गर्दै गर्दा आफूले यस्तो संकल्प गरेको बताउनुभयो । “मेरो बाँकी जीवन नेपालीको प्रत्येक घरघरमा प्रकाश ल्याउनका लागि समर्पित गर्ने संकल्प गरेको छु”– उहाँले भन्नुभयो, “यो देशका सबै युवायुवती मेरा लागि प्रकाश भएका छन् ।” त्यसका लागि सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

अब देश समाजवादको यात्रामा अगाडि बढेको भन्दै उहाँले आत्मसम्मानका साथ नेपालीले समृद्ध मुलुक नेपाल पाउने बताउनुभयो । सामन्त र जाली फटाहाले अहिले पनि षड्यन्त्र गरिरहेको भन्दै उहाँले राज्य र जनताप्रति बफादार नभएकाहरुको चिप्ला कुराको पछि नलाग्न आग्रह गर्नुभयो ।

सत्तरी वर्षपछि पाँच वर्षसम्म चल्ने सरकार संयुक्त वाम गठबन्धनको संकल्प भएको भन्दै उहाँले यसमा साथ र सहयोगको लागि सबैसँग आग्रह गर्नुभयो ।
शुक्रनगरमा गैँडा आकारको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, नारायणी र राप्तीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँ चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...