Wednesday, November 22, 2017

जिब्रोका क्यान्सर पीडितलाई संगीतप्रेमीहरुद्वारा आर्थिक सहयोग

६ मंसिर ।
काठमाडौं ।
जिब्रोको क्यान्सर भएर उपचारमा समस्या भएका रुकुम आठबिसकोट नगरपालिका–९ का प्रिथबहादुर खत्रीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रम संगित सरोबरको पहलमा विभिन्न सहयोगी मनहरुबाट प्राप्त २८ हजार १०१ रुपैयाँ रकम राजधानीको अनामनगरस्थित संवाद डबलीमा बुधबार हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रम सञ्चालक राजु बोहराले पीडित खत्रीलाई हस्तान्तरण गरेका हुन् । संगित सरोबर रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा पनि संचालन भइरहेको छ । बोहराले क्यान्सर पीडितलाई सहयोग पुर्याउने उद्देश्यमा साथ दिने मनकारीहरुको प्रशंसा गरे ।

एक वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित खत्रीको हाल भरतपूर क्यान्सर अस्पतालमा चितवनमा प्रत्येक महिना किमोथेरापी भइरहेको छ । एकपटकको थेरापी गर्न एक लाख रुपैयाँ खर्च लाग्ने गरेको पीडित परिवारले जानकारी दियो । आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारका लागि सहयोग गर्न आग्रह समेत बिरामी खत्रीले आग्रह गरे ।

बोहराका अनुसार हस्तान्तरण रकममा जाउलाखेल ललितपुरकी तारादेवी राईले ५ हजार ५ रुपैयाँ र कुवेतका रहेकी उदयपुरकी संगीतप्रेमी प्रमिला पौड्यालले १३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छन् । एसएस प्रवासी युवा समूहबाट १० हजार १ सय ५ रुपैयाँ संकलन भएको कार्यक्रममा जानकारी दिइयो ।

उक्त रकम कार्यक्रम सन्चालक बोहराकै पहलमा संगित सरोबर कार्यक्रमको पहलमा प्रवासमा रहेका नेपाली युवाहरुको प्रयासमा संचालित अभियान एसएस प्रवासी युवा समूहबाट उक्त रकम संकलन गरिएको हो ।

आर्थिक सहयोग गर्ने मनकारीहरु देवेन्द्र दाङका जिएम दुर्गा (साउदी अरब), कैलालीका तोपबहादुर बोहरा (साउदी अरब), खोटाङका लालबहादुर खड्का (हाल मलेसिया), सिन्धुपाल्चोका केशव तिमल्सिना (मलेसिया), दाङका संगीतप्रेमी निर्मल भण्डारी (मलेसिया), संखुवासभाका रुपचन्द्र बेसाहारा (कुवेत), दाङका नविन भण्डारी (मलेसिया) रहेका छन् ।
त्यसैगरी अर्घाखाँचीका लक्ष्मण खनाल (साउदी अरब), कपिलवस्तुका धर्मराज भट्टाराई (साउदी अरब), कपिवस्तुका रेस्मीराज अधिकारी (साउदी), रामेछापकी पर्वती राई (दुवाई), झापाकी माया केसी (कुवेत), रामेछापका शंकर खड्का (मलेसिया), संखुवासभाका दावा लामा शेर्पा (मलेसिया) रहेका छन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...