Wednesday, November 22, 2017

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरणको प्रकृया सुरु

गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आज सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागी आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ । संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्बिर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागी प्रक्रिया अघि बढ्ने जानकारी अध्यक्ष डा. पौडेलले दिनुभएको छ । कसरी तस्बिर अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड बिर्सेको भए कसरी परिवर्तन गर्ने भन्ने विषयमा प्राप्त गरिने इमेलमा सबै स ुचना समावेश हुने अध्यक्ष डा. पौडेलद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय रहोस् वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनए परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था अविलम्ब सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो । सो बैठक पश्चात् संयोजक भट्टराईले एनआरएन अन्र्तराष्ट्रिय समन्वय समिति सँग छलफल तथा परामर्श गरी एनआरएनका सबै राष्ट्रिय समितीहरुमा एकै पत्रकारको परिचयपत्र वितरण गर्ने व्यवस्थाका लागी अन्र्तराष्ट्रिय समितिकी उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा अन्र्तराष्ट्रिय स्तरको अर्को समिति बनेको थियो ।
एनआरएन अमेरिकाका मिडिया कोर्डीनेटर बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार अबको केही साता भित्रमा अमेरिकाका सबै एनआरएन सदस्यहरूले आ आफ्ना स्थानीय शाखाहरुमार्फत परिचयपत्र प्राप्त गर्नेछन् तर यसका लागी भने प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै पासपोर्ट साइजको तस्बिर समेत अपलोड गर्नुपर्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...