Friday, November 3, 2017

निर्वाचनका लागि ७७० सुरक्षाकर्मी परिचालन

मनाङ, १७ कात्तिक  ः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ७७० सुरक्षाकर्मी गरिएको छ ।

नेस्याङ, नार फु, चामे र नासोङ गरी चारवटा गाउँपालिका रहेको जिल्लामा २८ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा निर्वाचनका लागि २२५ अन्य कर्मचारीलाई समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

जिल्लामा पाँच हजार ८८१ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ मा दुई हजार ७५० र प्रदेश क्षेत्र नं २ मा तीन हजार ७०७ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ र क्षेत्र नं २ मा १४-१४ वटा मतदान केन्द्र रहेको छ ।

चामे गाउँपालिकामा ५, नासोङ र नेस्याङमा ९-९ तथा नार फु गाउँपालिकामा ५ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयोे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...