Friday, November 3, 2017

बलात्कारको आरोपमा रौतहटमा दुई युवक पक्राउ

 

बलात्कारको आरोपमा रौतहट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ७ नयाँ बस्तीका १७ वर्षे श्रवण महतो र १८ वर्षे विनोद महतो रहेका छन् । दुवै कान नसुन्ने र सुस्त मनस्थिति भएकी गाउँकै १६ वर्षीया किशोरीलाई ललाई फकाई नजिकैको जंगलमा लगी जबरजस्ती करणी गरेको किशोरीकी आमाले देखेपछि होहल्ला गरेपछि युवकद्वय भाग्ने प्रयास गर्दा स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि रामकुमार दानीले जानकारी गराएका छन् ।
सञ्जय मित्र, रौतहट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...