काठमाडौँ, ८ मंसिर । पूर्व श्रममन्त्री तथा मनाङका नेता टेकबहादुर गुरुङमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
श्रममन्त्री हुँदा अकुत सम्पत्ति जोडेको तथा फ्रि भिसा र टिकटको निर्णय गराउने निर्णय गर्ने क्रममा करोडौँको घोटाला गरेको अभियोगमा उनीमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको हो । उनी लामो समयदेखि अख्तियारको निगरानीमा थिए ।
अख्तियारले गरेको अनुसन्धानका क्रममा उनी दोषी पाइएपछि उनलाई उपक्राउ गरी कारबाही अगाडि बढाउन लागिएको स्रोतले बतायो । गुरुङ चुनाव प्रचारप्रसारका लागि मनाङमा भएका कारण मंसिर १० गतेको पहिलो चरणको चुनावपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न लागिएको स्रोतले बतायो ।
यता, गुरुङ भने मनाङबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी जसरी पनि चुनाव जित्ने दाउमा छन् । तर, चुनाव जितेर आए पनि उनी अख्यियारको फन्दामा पर्ने भने निश्चित देखिएको छ ।
टेकबहादुर गुरुङ काँग्रेसभित्र पनि निकै विवादास्पद पात्र हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई करोड रुपैँया बुझाएर मन्त्री हुने मौका पाएका थिए ।
No comments:
Post a Comment