Friday, November 24, 2017

काँग्रेस उम्मेदवार गर्जबहादुर गुरुङसँग बेलायती नागरिकता भएको खुलासा

लमजुङ, ८ मंसिर । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लमजुङ प्रदेश सभा (क) का उम्मेदवार गर्जबहादुर गुरुङसँग बेलायती नागरिकता भएको खुलासा भएको छ ।

२०३७ सालमा बेलायती सैनिक सेवामा भर्ती भएका गर्जबहादुरसँग बेलायती नागरिकता भएको खुलासा भएको हो । विदेशी पीआर तथा नागरिकता हुने सरकारी कर्मचारी तथा संवैधानिक निकायका अधिकारीलाई सरकारले कारबाही गरिरहेका बेला सांसदको दौडमा रहेका गर्जबहादुरसँग पनि बेलायती नागरिकता भेटिएको हो ।

उनीसँगै काम गरेका एकजना भूतपूर्व गोर्खा सैनिकले दिएको जानकारी अनुसार, २०५२ सालमा गर्जबहादुर रिटायर्ड भएका थिए । त्यसपछि उनी लामो समय बेलायतमै बसेका थिए । बेलायती नागरिकता भएकै कारण उनी बेलायत आउने जाने गरिरहन्थे । उनको परिवारका अधिकांश सदस्य पनि बेलायतमै छन् । बेलायती नागरिकता भएको पुष्टि भएमा उनले चुनावै जिते पनि सांसद पद धरापमा पर्न सक्छ । तर, गर्जबहादुर भन्दा उनका प्रतिस्पर्धी धनञ्जय दवाडी निकै अगाडि देखिएका छन् । बौद्धिक छवि, एमालेका जिल्ला अध्यक्ष, प्राध्यापक, पुराना राजनीतिज्ञ भएका कारण पनि उनी जिल्लाको माटोमा भिजेका छन् । त्यसैले पनि एमालेका तर्फबाट उम्मेदवार बनेका साझा बाम उम्मेदवार दवाडीले सजिलै चुनाव जित्ने अनुमान गरिएको छ ।

लमजुङमै जन्मे पनि गर्जबहादुर जिल्लाका लागि पर्यटक जस्तै हुन् । अझ रोचक कुरा त उनले पहिलोपटक चुनावी प्रचारप्रसारका क्रममा गाउँ जाँदा बाटो नै विराएका थिए ।

गुरुङ गाउँको बाटो पहिल्याउन पूर्वराज्यमन्त्री रामबहादुर गुरुङलाई अगाडि सारे । यद्यपि आफू जन्मेको दूधपोखरी गाउँपालिकामा पनि उनलाई गाउँ चिन्न हम्मेहम्मे प¥यो । चुनाव प्रचारप्रसारमा हिँड्दा उनले गाउँ समेत चिनेनन् । विकटको दूधपोखरी गाउँका स्थानीयले समेत उनलाई चिनेनन् । कतिपय गाउँमा सभा गर्दा उनले गाउँ नचिन्दा आपत ब्यहोर्नु परेको बताइन्छ । प्रायः गाउँ थाह नभएका उनलाई कांग्रेस कार्यकर्ताले नै चिनेनन् । पूर्वी लमजुङका हस्तीहरु शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, डिकेन्द्रराज कँडेल, डा. टकराज गुरुङ, विष्णुप्रसाद धिताल लगायत गाउँठाउँमा घुमिरहने नेतालाई छोडेर कांग्रेसले ‘टुरिष्ट’ नेतालाई टिकट दिएपछि भएको भाँडभैलो अझै टुंगिएको छैन, साम्य भएको छैन । गुरुङलाई टिकट दिएपछि असन्तुष्ट अग्रज नेताहरु चुनावी प्रचाप्रसारमा हिँडेनन् । तर, उनले गाउँगाउँमा उधारो आश्वासन बाँडेर बाम गठबन्धनलाई भोट दिएमा पेन्सन नआउनेसम्मका दुष्प्रचार गरेका थिए । कसैलाई पेन्सन केस मिलाईदिन्छु भन्दै नाटकीय आश्वासन पनि दिए । मतदाता त के, कार्यकर्ताले समेत नचिनेका ब्यक्तिलाई कांग्रेसले टिकट दिएपछि कार्यकर्ता, शुभचिन्तक, मतदाता सवै दंग परेको अबस्था छ । स्वयं कांग्रेस कार्यकर्ता अहिले बाम गठबन्धनका उम्मेदवारलाई भोट दिने आत्मनिर्णय गर्दै हिँडेका छन् । प्रदेश र केन्द्र सरकारमा बाम गठबन्धनले सरकार बनाउने र नजित्नेलाई समर्थन गरेर भोट खेर फाल्न नचाहेको उनीहरु बताउँछन् । उनीहरुले प्रतिनिधि सभामा गोलाकार भित्रको हँसियाहथौडा र प्रदेश सभा (क) मा सूर्य चिन्हमा भोट हाल्ने निधो गरेका हुन् । गोलाकार हँसिया अथौडा चिन्हमा माओवादी केन्द्रका नेता देव गुरुङ चुनाव उठेका छन् । सूर्य चिन्ह लिएर प्रदेश (क) का घरघरले चिन्ने एमालेका जनप्रिय नेता धनञ्जय दवाडी चुनावी मैदानमा छन् ।

धनञ्जय दवाडी पढेलेखेका मान्छे हुन् । गर्जबहादुर गुरुङसंग विदेशमा राइफल चलाउने क्षमता बाहेक केही नभएको टिप्पणी मतदाताले गरेका छन् । ६० लाख रुपैयाँ प्रधानमन्त्री देउवालाई बुझाउनुका साथै कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार दिलबहादुर घर्ती र प्रदेश सभा (ख) उम्मेदवार कृष्णप्रसाद कोइरालाको चुनाव खर्च ब्यहोर्न शर्तमा उनलाई कांग्रेसले उम्मेदवार बनाएको चर्चा छ ।

देशले युवाको आवश्यकता ठानेको बेला, पार्टीले युवाको आवश्यकता ठानेको बेला उनी बेलायतमा थिए । धनञ्जय दवाडी भने गाउँगाउँका स्थानीयसंग भलाकुसारी गर्दै थिए । पूर्वी लमजुङको हरेक विकास निर्माणमा नेतृत्वदायी भूमिका खेल्दै थिए । पछिल्लो समय सर्वदलीय संयन्त्रमार्फत विभिन्न निर्णय गर्दै उनले सडक, पूल, खानेपानी लगायतका विकासका पूर्वाधार पूर्वी लमजुङ लगे ।

गर्जबहादुरको बायोडाटाअनुसार उनी नेपाली कांग्रेसको भातृ संस्था नेपाल भू.पू सैनिक संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् । कांग्रेस फुटेको बेला शेरबहादुर देउवाले टिका लगाइदिएर कांग्रेस प्रजातान्त्रिकको उपसभाति हुँदै कार्यबहाक अध्यक्ष बनेका थिए । त्यसैले कांग्रेस प्रजातान्त्रिक इतरका कांग्रेसले उनलाई रुचाएका छैनन् । बेलायती सेनाबाट अवकास प्राप्त भएपछि राजनीतिमा सक्रिय भनिएपनि उनी यसपटक भोट माग्नमात्रै गाउँ आएका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...