Sunday, December 3, 2017

अमेरिकामा नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न

बिजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्र का नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ ।

आज दिसेम्वर ३ तारिख आईतवारका दिन नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

नायक कोईराला गत दुई महिना अगाडी ,सितम्बर ३ तारीख़ बिबाह गर्ने तय भएको उन्ले सामाजिक संजालमा लेखेका थिए ।
यस सुखद् उपलक्षमा ईनेप्लिज नव दम्पतिको सुखमय बैबाहिक जीवन को साथै उत्तर उत्तर प्रगती को कामना गर्दछ ।

तस्विर : रमेश खनाल/रतन सुवेदी / बिजय श्रेष्ठ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...