Sunday, December 3, 2017

अझै थाकेका छैनन मुख र कान

विनोद रोका, न्युर्योक

भन्नेका मुख अझै थाकेका छैनन

सुन्नेका कान अझै पाकेका छैनन

भन्नेहरु भनि रहेका छन

सुन्नेहरु सुनि रहेका छन,

यहा,

भन्नेलाई भनि सक्न हतार छ

सुन्नेलाई सुनेर हिडन हतार छ

भन्नेहरुको अहंकार अझै रित्तिएको छैन

सुन्नेहरुको अहंकारमा राख्ने ठाऊ छैन।

त्यसैले,

भन्नेहरु अझै भनि रहेका छन

सुन्नेहरु व्यर्थै सुनि रहेका छन

किनकि,

भन्ने मान्छे भनाई जस्ता छैनन

सुन्ने मान्छे बुमmने जस्ता छैनन

अनित,

भन्नेका मुख थाकेका छैनन

सुन्नेका कान पाकेका छैनन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...