Sunday, December 31, 2017

अमेरिकाले प्रमुख तीन कारणबाट आप्रवासीहरुलाई देश निकाला (डीपोर्टेशन )गर्छ

 

विजय थापा ,अमेरिकामा छिर्न अत्यन्तै गाह्रो l अमेरिका भित्रिए पछि अस्थाई आवासीय पत्र (ग्रिनकार्ड )प्राप्त गरेकाहरुको पनि खोसेर आफ्नो देश फिर्ता पठाइन्छ l अमेरिकामा सवैको मुखमा डीपोर्टेशन शब्द झुन्डिएको हुन्छ l अर्थात् यसलाई यसरी बुझ्दा पनि हुन्छ : देश निकाला गर्नु ,देश बाहिर पुर्याउनु या देश बाट हटाउनु भन्ने अर्थ लाग्छ l

अमेरिकामा अस्थाई आवासीय पत्र (ग्रिनकार्ड )छ मलाई केही गर्दैन भन्ने कदापि सम्झनु हुदैन l अमेरिकाले प्रमुख तीन कारणबाट आप्रवासीहरु देश निकाला गर्छ l

हामी सवै सतर्क हुनु पर्छ l र यस बारे ज्ञान राख्नै पर्छ l अमेरिकामा हामी गौ प्राणी बन्नु पर्छ l दायाँ बायाँ छलकपट अमेरिकामा हुदैन l आफ्नो भबिष्यको उन्नति र प्रगतिको लागि पसिना बगाउनु पर्छ l अनि अमेरिकाले हामीलाई जीवन दिन्छ l यी मुलमन्त्रहरु हुन् l

देश निकाला गर्ने काम नियमित प्रकृया हो l अमेरिकामा गलत काम गरेन र अपराधिक गतिविधिमा संलग्न भएन भने केही आँधी तुफान आउदैन l तर केही गढबढ र बिगार्ने काम गर्यो भने आफ्नो देश फर्कनु बाहेक कुनै बिकल्प हुदैन l

देश निकाला गर्ने या अमेरिकाबाट जहाँ र जुन देश बाट आएको छ त्यहाँ पुर्याउने यस्ता ३ कारणहरु यस प्रकार छन l

पहिलो कारण: अपराध उल्लङ्घन

सवैभन्दा पहिलो आप्रवासीहरु अपराधिक गतिविधिमा संलग्न हुनु नै देश निकालाको द्वार खोल्नु हो l आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो l अपराध गतिमा अन्तर्गत लागू पदार्थ कारोवार,अवैध बन्दूक अपराध,चेलीबेटी ,महिला तथा मानव ओसार पसार ,गैर कानुनी रुपमा बिदेशीलाई अमेरिका छिराउने अपराध गतिविधिमा संलग्न पाईएमा देश निकाला गरिन्छ l

यसको साथै अरु अपराधहरु पारिवारिक तथा घरेलु हिँसा,कालोधन लाई सेतो धन बनाउनेमा संलग्न भएमा ,जालसाजी ,यौन अपराधीमा संलग्न भएको दर्ता गराउन असफल भएमा तथा गम्भीर अपराध भएको पाइएमा देश निकाला गरिन्छ l

यस्ता गतिबिधिमा संलग्न भएमा अदालतले दुई मध्ये एक अपराधको वर्गीकरण गरिदिन्छ l नैतिक भ्रष्टताको अपराध या अति निकृष्ट घोर पाप या अपराध l
यसको साथै षडयन्त्रमा संलग्न रहेमा या पाइएमा पनि देश निकाला गर्दछ l सवै भन्दा गम्भीर चै आतंकबादी गतिविधिमा पाईएमा जनताको सुरक्षामा खतरा आउने देखेमा देश निकाला गरिन्छ l यसको साथै अन्य अपराधिक गतिविधिमा संलग्न भएमा पनि देश निकालाको भागिदार बन्नु पर्ने हुन्छ l

गैर अमेरिकन नागरिकहरु यस्ता गतिविधिमा पक्राउ परेमा देश निकाला हुने अधिकांश सम्भावना हुन्छ l अपराधी गतिविधिमा संलग्न सिधा कारागारमा राख्ने र उनीहरुलाई बाहिर मुक्त नै नगरी सिधै उनीहरुको देश पठाउन आईसीइ (इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट ) ले गर्दछ l यस्ता घिन लाग्दा कामको परिकल्पना नगर्नु नै उचित हुनेछ l

दोश्रो कारण : आप्रवासन कानुन को उल्लङ्घन

अमेरिकाको आप्रवासन कानुनको उल्लङ्घन गर्नेलाई पनि देश निकाला गरिन्छ l यदि तपाई लाई बस्ने अनुमति दिए भन्दा ज्यादा बस्नु भयो भने पनि तपाई लाई देश फर्काई दिन्छ l कानुनले त्यति मात्र बस्नु भने पछि त्यो मिति भन्दा अगाडी नै अमेरिका छोड्नु पर्ने भएकोले त्यसो नगरेमा कानुनको उल्लङ्घन हुने हुदा यस्ता का कारण थुप्रै देश पठाइन्छन l

पर्यटकहरुलाई काम गर्ने अनुमति हुदैन l पर्यटकमा आएका या अन्य काममा आएका मानिस लाई काम गर्ने अनुमति दिने संस्था ,ईएडि ( एम्प्लोईमेन्ट अथोराईजेसन डकुमेन्ट ) ले अनुमति नदिई काम गरेकोमा पक्राउ परेमा पनि देश फर्काइन्छ l

आप्रवासीहरुलाई सामान्य कानुन उल्लंघन गरे वापत पनि फर्काइन्छ l यसै गरि तपाई कुन ठेगानामा बस्नु भएको छ त्यो ठेगाना परिवर्तन भएको बारेमा समेत सम्बन्धित निकायलाई जानकारी दिनु भएन भने पनि निष्काशित गर्न सक्छ त्यो पनि अपराध हुन्छ l

आप्रवासी जस्ले अमेरिका प्रवेश गरेको दिन देखि ५ बर्ष भित्र केहि सार्बजनिक सरकारी सहायता लिएमा पनि उस्ले अप्रवासन कानुनको अपराध गरेको ठहर्छ l स्थाई आवासीय पत्र (ग्रीन कार्ड ) प्राप्त गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक सरकारी सहायता लिने छैन भनि प्रमाण जुटाउनु पर्छ l

यसको साथै अन्य अवस्थामा पनि तपाई देश निकालामा पर्न सक्नु हुन्छ l यदि तपाईले आफू अमेरिकन नागरिक हु भनि नभएको कुरा भन्नु भयो भने पनि देश निकालामा पर्न सक्नु हुन्छ l

तेश्रो कारण: जालसाजी कृयाकलापमा संलग्न

अमेरिकामा बिर्सेर पनि जालसाजी गर्नु हुदैन l सपनामा पनि नसोच्नु होला l यत्रो ठुलो देश केहि हुदैन भन्ने मात्र ठान्नु भयो भने तपाईलाई भगवानले पनि बचाउदैनन l कुनै गलत काम नगर्नु नै उत्तम र हाम्रो भलो हुनेछ l अमेरिकामा हरियो पत्रको लागी बुझाइने पत्र कुनै पनि हालतमा नक्कली बनाउनु हुदैन l

अमेरिकामा नक्कली बिवाह बन्धन र जालसाजी बिहे निकै मौलाई रहेको छ l यस्तो बिबाह साझा समस्याको रुपमा देखिएको छ l बिहेको नाममा अमेरिकन नागरिकले अरुलाई स्थाई आवासीय पत्र बनाउन गरिने प्रचलन को कारण समस्यामा परेका धेरै अप्रवासीहरु रहेका छन् l यस्तो प्रकारको बिहेमा कागजात नक्कली परेको कारण देश निकाला गर्नु पर्ने पनि हुन्छ l वास्तबमा सत्य र साचो बिहे गरेता पनि कागजात बुझाउदा गरिने हेलचेक्राईले देश फर्काइन्छ l

अमेरिकन नागरिक संग बिबाह भएको र ग्रिन कार्ड प्राप्त गरेकोले दुई बर्ष नपुग्दै बिबाह बिच्छेद भएमा हरियो पत्र (ग्रिनकार्ड) वाला देश निकाला पर्न सक्छ l
आप्रवासी जसले अमेरिका पसेको प्रवेश कागजात, स्थाई आवासीय निवेदन ,प्रवेशाज्ञा या आप्रवासी अनुमति जस्ता चिज झुट्टा र जाली दिएको छ भने पनि देश निकालामा पर्न सक्छ l यसलाई अपराधिक गति जस्तै ठानिन्छ l भुलेर पनि हामीले यो काम गर्नु हुदैन l

अमेरिका बस्ने योजना अनुसार स्थाई आवासीय पत्र (ग्रिनकार्ड )को लागि निवेदन दिइएका पत्रहरु कहिलेकाही सामान्य गल्तीको कारण कागजात त्रुटिपूर्ण हुन् गै अमेरिका छोड्नु पर्ने हुन्छ l यस्ता कमजोरीको कारण नेपालीहरु फर्किएका पनि छन् l

हामी नेपाल आमाका बचेरा (सन्तान )हौ l नेपाल दुख्दा हामीलाई पनि दुख्छ l जति नै विदेशी आकाशमा रमाएर उडे पनि हामी नेपाल आमालाई सम्झन्छौ l कारण हाम्रो पन र हाम्रो मन नेपाली नै हुन्छ l अमेरिकाले सवै वर्गलाई मोहनी लगाउछ l यसको चुम्बकीय शक्तिले सवैलाई तान्दछ l ताने पछि जीवन भर तानेको तान्नै गर्छ l

कुनै पनि नेपालीहरु अमेरिकाबाट देश निकाला नहुन l यस्तो कुबुद्धि कहिले हामीमा आई नपरोस l

पशुपतिनाथले हामी सवैको रक्षा गरुन !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...