Sunday, December 31, 2017

शीतलहरीले रौतहटका विद्यालय शुक्रबारसम्म

शीतलहरीले जनजीवन प्रभावित भएपछि रौतहटका विद्यालय यो साताको लागि बन्द गरिएको छ । अत्यधिक जाडो बढेपछि शुक्रबारसम्मको लागि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको रौतहटका जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहले जानकारी गराएका छन् । वर्षे विदाबाट जाडोको लागि एक हप्ता जोगाएर राखेको र अत्यधिक जाडोका साथै पश्चिमा हावाले शीतलहरसँगै घरबाट निस्किन गाह्रो बनाएपछि सोही विदालाई उपयोग गरिएको जिशिअ सिंहको भनाइ छ ।

कतिपय नगरपालिकामा अद्र्धवार्षिक परीक्षा समेत चलिरहेकोले परीक्षार्थी अन्यौलमा परेका छन् । अत्यधिक जाडोले गर्दा परीक्षा दिइरहेका विद्यार्थीलाई निकै गाह्रो भइरहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...