Saturday, December 9, 2017

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

 २३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे ।

भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...