Saturday, December 9, 2017

काँग्रेस वरिष्ठ नेता पौडेल ३५०० मतले पछाडि

दमौली (तनहुँ), २३, मंसिर (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि पर्नुभएको छ ।

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताउनुभयो ।

त्यस्तै तनहुँको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा काँग्रेसका प्रदीप पौडेलले छ हजार ४ ५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका ध्रुव वाग्लेले आठ हजार ५७२ र एमालेका किरण गुरुङ्गले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...