Saturday, December 9, 2017

काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः नेता नेपाल

काठमाडौँ, २३ मंसिर (रासस) ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो । देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमशीलताका कार्यक्रममार्फत मुलुकमा रोजगार वृद्धि गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकले खोजेको समृद्धिका लागि विकासका ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...