Saturday, December 30, 2017

पत्रकार अधिकारी सहित ४ जना सम्मानित

रोशन पोखरेल , विराटनगर
नेपाल भारत मैत्री युवा संघ मोरगले आज वि एफएमका समाचार संयोजक सहित ४ जना पत्रकारलाई सम्मान गरेको छ । आज साझँ विराटनगरमा आयोजित मोफिल कवाली कार्यक्रममा वि एफएममा समाचार संयोजक नेत्र पी अधिकारी , सृष्टि दैनिकका सम्पादक तथा प्रकाशक शंकर खरेल , मकालु टेलिभिजनका पत्रकार नविन कर्ण , हिन्दुस्तान दैनिकका बरुण मिश्रलाई खानेपानी तथा सरसफाई मन्त्रि महेन्द्र यादवले आज सम्मान गर्नुभयो । कार्यक्रममा संयुक्त टोल संंगठन विराटनगरका पुर्व अध्यक्ष राजेश मास्के , मोहमद गुडु लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली नित्य तथा कवाली प्रस्तुत गरिएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रि महेन्द्र यादव , प्रदेश सभा सदस्य केदार कार्की नेपाल भारत मैत्रि युवा संघका मोरड अध्यक्ष मोहमद नसरुलले सम्वोधन गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...