Sunday, December 24, 2017

उदयपुर वनको साधारण सभा सम्पन्न, औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने – सांसद दाहाल

कालिका, चितवन, ९ पौष ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोल स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा आज आईतबार सम्पन्न भएको छ । सो साधारण सभाका प्रमुख अतिथि प्रदेश सभा चितवन क्षेत्र नं. २ ‘क’ का सांसद घनश्याम दाहालले सामुदायिक वनले सामाजिक रुपमा गरेको विकास निर्माण र वन संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । सांसद दाहालले यस क्षेत्रको विकासको लागि आफु सधै लागिपर्ने बताउँदै यसै वन समूहमा पर्ने औद्योगिक क्षेत्रको निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए । स्थानीयले संरक्षण गरेको सामुदायिक वनको व्यवस्थापन गरी स्थानीयवासीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने उनले बताए । यसै क्षेत्रका हजारौं व्यक्तिहरुले रोजगार प्राप्त गर्नेमा ग्यारेन्टी गर्ने वातावरण तयार गर्ने समेत आफु प्रतिवद्ध रहेको सांसद दाहालले बताए ।

संस्थाका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लामाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा हालै भारतको कोलकातामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक बिजेता स्थानीय फुलमाया कुमाललाई दोसल्ला सहित नगद रकम सहित सम्मान गरिएको थियो भने वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका वन समूहका उपभोक्ता कृष्ण बहादुर नेपाललाई पनि सम्मान गरिएको थियो । साधारण सभामा लेखासमिति संयोजक मोतिराम गजुरेलले लेखा प्रतिवेदन र अनुगमन समिति संयोजक द्रोण प्रसाद लामिछानेले अनुगमन प्रतिवदेन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालय चितवनका सहायक जिल्ला वन अधिकृत रामचन्द्र सुवेदी, कालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्ली राम दवाडी, जिल्ला वन समन्वय समितिका प्रतिनिधि रामध्वज डल्लाकोटी, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका प्रतिनिधि भरत ढुंगाना, थानखोला सामुदायिक वनका प्रतिनिधि लक्ष्मीनारायण चौलागाई, वन समूहका उपभोक्ताहरु शर्मिला लामिछाने र वैकुण्ठ अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...