Sunday, December 24, 2017

प्रकाशित-प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन – महासंघ

काठमाडौँ, ९ पुस : प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ ।

“यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ”– विज्ञप्तिमा भनिएको छ– “महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...