Thursday, December 28, 2017

ह्यारी भण्डारी जिताऔ अभियान अन्तर्गत “सामुहिक फोन वार्तालाप ” उत्साहजनकरुपमा सम्पन्न – प्रकाश श्रेष्ठ

नेपालबाट अमेरिकामा स्थायी बसोबास गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । लगभग ३ लाखको हाराहारीमा नेपालीहरु अमेरिकामा विभिन्न राज्यमा बसोबास गरेतापनि अहिले सम्म खासै अमेरिकन मुल राजनितीमा नेपालीको उपस्थिती हुन सकिरहेको छैन । जव सम्म नियम, कानुन बन्ने तह अर्थात् विधायिका निकाय सम्म हामी नेपालीको पहुँच पुग्दैन तव सम्म हामी नेपाली सिमान्तकृतका विशेष समस्या र आवाजको सम्बोधन सम्बन्धित निकायले गर्न सक्दैन ।

विशेष गरि हामी नेपालीहरुको शिक्षा, स्वास्थ्य, रोजगारमा उल्लेखनिय पहुँच जरुरी छ । साथै हरेक राज्यले सिमान्तकृत समुदायलाई दिने सुविधाहरुको बारे जव सम्म हाम्रो अाध्कारिक प्रतिनिधी मार्फत जानकारी पाउन सकिदैन तव सम्म कतिपय अवस्थामा पाउने सुविधाबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ अर्थात् सुचना र सही जानकारीको अभावमा हाम्रो हक, अधिकारलाई उपयोग गर्न सकिदैन ।

अत: अव पनि हामी नेपालकै मात्र राजनितीमा अल्झेर अमेरिका बस्ने हो भने हाम्रा नयाँ पिढीले अमेरिकी राज्यबाट हरेक क्षेत्रबाट पाउने लाभ, सुविधा र नेपाली पहिचान स्थापित गराउन पछि पर्ने देखिन्छ । यसैले यसको लागी कसै न कसैले अमेरिकी राजनितीमा पाईला चाल्नु आवस्यक थियो र कतिपयले यसमा अग्रसरता देखाईरहेको पनि देखिएको छ ।

यसै सन्दर्भमा पर्वत जिल्लाबाट केही बर्ष पहिला अमेरिका आएर अध्यायन, अध्यापन सँगसँगै १० बर्ष देखि अमेरिकी मुल राजनितीमा पाईला अगाडी बढाई डेमोक्रेटिक पार्टीको विभिन्न पदमा रहेर काम गरिसक्नु भएका र विगत २०१४ मा आन्तरिक पार्टी अन्तर्गत उम्मेदवार छनौटमा ( primary election) केही सय मतको कमिले ३ जना छानिनु पर्नेमा चौथो स्थानमा आएर मेरिल्याण्डल राज्य विधान सभा सदस्यमा उम्मेदवारी दिन पाउनु भएन ।

यद्दपी अहिले उहाँ संलग्न पार्टीमा यो समाचार तयार गर्दा सम्म मात्र ३ जनाको पार्टी भित्र उम्मेदवारी दर्ता भएको छ । यदी थप कसैले उम्मेदवारी तोकिएको समय भित्र दिएमा जुन २६ मा पार्टी भित्रै चुनाव भएर ३ जना मध्ये छानिनु पर्ने छ तर अहिले सम्मको माहोल हेर्दा उहाँलाई संस्थापन पक्ष र बलिया सिनेटर समेतको साथ रहेकोले अरु थप व्यक्तीले उम्मेदवारी दिने संभावना कम छ ।

यदी उम्मेदवारी दिई हालेमा पनि उहाँको जनमत राम्रो छ । यसरी पार्टीबाट उम्मेदवारी पक्कापक्की भएपछि आगामी नोबेम्बर ६ मा आम निर्वाचन हुनेछ जसमा उहाँले रिपव्लिकन पार्टीका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । यसका लागी हामी सबै नेपालीको साथ र सहयोग आवस्यक छ । केवल मेरिल्याण्ड राज्यमा बस्ने नेपाली र नेपाली भोटरले मात्र सहयोग गरेर यो अभियान सफल हुन मुश्किल हुनेछ किनकी हामी नयाँ आप्रवासीले रैथानेहरुको मन जित्न हाम्रो एकता र सद्भाव प्रस्तुत गर्नु जरुरी छ ।

वास्तवमा एच.बी. भण्डारी जी यसपटक राज्य विधान सभा सदस्य भएमा अन्य राज्यमा समेत नेपालीहरुलाई मुल राजनितीमा लाग्न सहज हुनेछ । अर्को कुरा हामीलाई के थाहाँ छ भने हामी यहाँका दुई राजनितिक पार्टीमा आस्था राख्ने अलग अलग व्यक्ती छौ तापनि जुन पार्टीबाट प्रतिनिधित्व भएपनि हाम्रै नेपालीको प्रतिनिधित्व र आवाज सम्बन्धित निकायमा पुग्ने हो । तसर्थ हाम्रो आ-आफ्नो आशा र भरोसा फरक फरक पार्टी (डेमोक्रेटिक र रिपब्लिकन) मा भएपनि अहिले एकसाथ मिलेर सबै राज्यका नेपालीहरु, नेपाली संघसंस्थाले नैतिक, आर्थिक र विभिन्न ढंगबाट सहयोग गर्न अनुरोध छ । यसै क्रममा विभिन्न राज्यहरुबाट विभिन्न तरिकाबाट साथ र सहयोग गर्ने क्रम जारी छ । यसै सम्बन्धमा एउटा सानो रिपोर्टिंग यहाँ उल्लेख गर्ने अनुमति चाहन्छु –

मेरिल्याण्ड स्टेट डेलिगेट्स( राज्य विधानसभा सदस्य ) को लागी ” भण्डारी जिताउ अभियान” अन्तर्गत हिजो (डिसेम्बर २७) का दिन बेलुका ८ बजे टेक्सास राज्यबाट ( टेक्सासको समयानुसार) ” कन्फ्रेन्स कल” आयोजना गरिएको थियो । उक्त कन्फ्रेन्स कलमा उत्साहजनक सहभागीहरुको उपस्थिती भएको थियो ।

जसमा सहभागीहरुले आफ्नो जिज्ञासा, सुझावहरु र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । आफु राज्य विधान सभा सदस्यको चुनावमा उठ्नुको कारण, जिते पछि गर्न सकिने कार्यक्रम र जित्ने आधार एवं आवस्यक नैतिक तथा आर्थिक सहयोगको लागी सबै अमेरिकावासी नेपालीहरुलाई हार्दिक अपिल समेत एच.बि. भण्डारी जी बाट भएको थियो । विधान सभा सदस्यको मतदाता एवं त्यस सम्बन्धित क्षेत्रको डेमोग्राफिक अवस्था बारे समाजसेवी एवं व्यवसायी तरुण पौडेल जीले प्रकाश पार्नु भएको थियो भने चुनाव जिताउन अपनाउनु पर्ने केही रणनैतिक योजना बारे बीबीसी नेपाली सेवाका पुर्व कार्यक्रम संचालक संचारकर्मी नारायण श्रेष्ठ बाट संक्षिप्त जानकारी गराउनु भएको थियो ।

सहभागीहरुको जिज्ञासा बारे उम्मेदवार भण्डारी बाट सकभर स्पस्ट पार्नु भएको थियो र यो आफ्नो मात्र नभई समग्र अमेरिकावासी नेपालीले गौरभ गर्ने थलोमा पुग्न लागेको र आउदो पिढीलाई अमेरिकन मुल राजनितीमा लाग्न प्रेरणा दिने भएकोले पनि यस चुनावलाई सबैले आफ्नो जितहार संझेर लाग्नु पर्ने अनुरोध गर्नु भएको थियो । यस कन्फ्रेन्स कललाई ” फेसवुक लाईभ ” समेत गरिएको थियो । हिजोको उक्त कार्यक्रममा सहभागी भई अमुल्य समय दिनु भई साथ र सहयोग गर्ने टेक्सासवासी लगायत अन्य राज्यबाट सहभागी हुने सबै सहभागी महानुभावहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छौ । यस कार्यक्रमको संयोजन र संचालन “ग्रेटर अष्टिन नेपाली सोसाइटी ( ग्यान्स ) अमेरिकाका अध्यक्ष देवराज न्यौपानेबाट भएको थियो ।

उहाँ प्रति “नेपाली-भण्डारी-जिताऔ अभियान” हार्दिक धन्यवाद दिन चाहन्छौ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...