विजय थापा ,मिर्गौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् l आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो l
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्ट संग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ l उक्त भिडियो मार्फत पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केहि दिन देखि दुवै मिर्गौला खराव भएर आफू डायलेसिसको उपचारमा छु भनि संदेश दिएका छन् l यसै गरि अमेरिका पुगेका अभिनेता सरोज खनालले सहित कलाकार बिष्ट को तन मन धन ले सहयोग गरौ भनि सन्देश दिएका छन् l
कला र कलाकारको सारथी इनास अमेरिका को मुख्य नारा “जिउदो श्रस्टा को सम्मान गरौ ” भन्दै कलाकार को लागि $ १० हजार डलर को गो फन्ड खोलेको छ l आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका अन्य संघ/संस्था संग समन्वय गरि सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ l
अहिले नगरे कहिले गर्ने ,हामी नेपालीले नगरे कसले गर्ने भन्दै यस्तो विषम परिस्थितिमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरुको धर्म हो। यसकारण आउनुस हामी नेपाली सबै मिलि ओम बिक्रम बिस्ट लाई सहयोग गरौ भनि ईनासले संदेश सार्बजनिक गरेको छ l
गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो l
टिकट दर $ २५ डलर तथा विशेष ( भिआईपी) का लागि $ ५० र $ १०० डलरको राखिने छ l कार्यक्रमको लागि विभिन्न राज्यहरुबाट कलाकारहरुको प्रस्तुति रहने छ l
No comments:
Post a Comment