क्रिश्चियन धर्मावलम्वी नेपालीहरुको संस्था युनाइटेड नेप्लिज फेलोशिप अर्थात युएनएफले विगतका वर्षहरुझैं यसपाली पनि विविध साँस्कृतिक कार्यक्रम तथा रात्री भोजको आयोजना गरी रमाइलो वातावरणमा मनायो ।
सो अवसरमा अतिथिको आसनवाट चर्चित सिने नायक सरोज खनालले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा युएनएफका अध्यक्ष आशिषले गिफ्ट फ्रम गड क्रिसमस सन्देश दिनु भएको थियो । कार्यक्रममा साना साना वालवालिकाका गीत र नृत्यका साथै वयस्कहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अर्जुनले नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको क्यारिकेचर प्रस्तुत गरेका थिए । विविध गीत तथा नृत्य प्रस्तुत गर्नेहरुमा अर्कित र समूह, रीता श्रेस्ट, क्रिष्टिना र एन्जेल, सियोन र समूह, प्रशन्न र सलिना, रोश्के पोखरेल, आश्युनी पोखरेल, अर्जुन तथा लक्ष्मण लगायत थिए भने समापन प्रार्थना पाष्टर यम शिवाले गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन रमेश मैनालीले गर्नु भएको थियो ।
रात्री भोजपश्चात राफलको माध्यमवाट उपहार प्रदान गरिएको थियो भने नयाँ वर्ष २०१८ को आकर्षक क्यालेण्डर सवैलाई वितरण गरिएको थियो ।
कार्यक्रममा डिसी, मेरिल्याण्ड भर्जिनियाका क्रिश्चियन धर्मावलम्वीहरुका साथै अन्य धर्मावलम्वीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेतको रमाइलो उपस्थति रहेको थियो र म्याकलिन वाइवल चर्चमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment