Wednesday, December 27, 2017

अनेसासको आयोजनामा सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण तथा अनेसास भेला हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही जनवरी ६, २०१८ का दिन भर्जिनियाको मनासासमा सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण तथा अनेसास भेला हुने भएको छ । भेलामा अमेरिकाका बिभिन्न राज्यहरु लगायत नेपाल, जापान र अन्य मुलुकहरूबाट साहित्यकारहरुको उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा बिगत २००३ देखि प्रदान गरिंदै आएको अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण गरिने, अनेसास भेला र कवि गोष्ठी आयोजना गरिने आयोजकहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आफ्नै कार्यालय हालसम्म नभएकोले वाशिंगटन क्षेत्रमा यसको प्रधान कार्यालय निर्माण गर्न अनेसासको भेला आयोजना गरिएको र सो कार्यक्रममा अमेरिका लगायत बिभिन्न च्याप्टर, ट्रष्टी सदस्यहरु, पूर्व अध्यक्षहरु, आजीवन सदस्यहरु, पुरस्कारदाताहरु, पुरस्कार बिजेताहरु, अनेसासलाई मायाँ गर्ने विशिष्ट महानुभावहरुको उपस्थिति रहने र सो कार्यक्रममा सबैबाट सक्दो सहयोग प्राप्त हुने अपेक्षा गरिएको अध्यक्ष पदम विश्वकर्माले जनाउनु भएको छ ।

यसै गरि अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. श्याम कार्कीले कार्यक्रममा सहभागी हुन यसका च्याप्टरहरु, ट्रष्टी सदस्यहरु, संस्थापकहरु, यसका आजीवन सदस्य र अन्य समाजसेवी, ब्यापारी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र पत्रकारहरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गर्नु भएको छ । नेपाली भाषा साहित्यको संरक्षण गर्नु सबैको उत्तिकै जिम्मेवारी रहेकोले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यस महत्वपूर्ण कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टी, पुरस्कार समितिका अध्यक्ष सिता पाण्डेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट २००३ देखि प्रदान गर्दै आएको अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार यस बर्ष पनि प्रदान गरिने र सो समरोह भव्यरुपमा सम्पन्न हुने धारणा व्यक्त गर्नु भएको छ । २०१५ जनवरी १ देखि २०१६ डिसेम्बरसम्मको अबधिमा प्रकाशित बिभिन्न ९० भन्दा बढी कृतिहरु पुरस्कार छनोटका लागि प्राप्त भएकोमा त्यस मध्ये उत्कृष्ट ठहरिएका कृतिहरुलाई अनेसासका बिभिन्न पुस्तकहरु प्रदान गरिने र त्यस मध्ये साहित्यकार कृष्ण धराबासीको ग्रेट फल्स यस बर्षको सर्बोत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल भएको जनाउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...