Monday, December 4, 2017

लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि एकीकृत परियोजना विषयक अन्तरक्रिया

काठमाडौँ, १८ मंसिर  ः लैंगिक हिंसाको १६ दिने अभियानको अवसरमा राष्ट्रिय महिला आयोग र क्रियाशील महिला पत्रकार समूहको संयुक्त तत्वावधानमा लंैगिक हिंसा रोकथाम र सम्बोधनका लागि एकीकृत परियोजना विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा वक्ताले लैंगिक हिंसा अन्त्य गर्न सरकार तथा निजी क्षेत्र एवं अन्य संघसंस्थाको सामूहिक तथा एकीकृत भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले ८० प्रतिशतभन्दा बढी महिला पुरुषबाट सामान्य कुटपिटको शिकार हुने गरेको बताउनुभयो । २०७४ साउनदेखि हालसम्म आयोगमा १०७ घरेलु हिंसाको उजुरी परेको जानकारी दिइयो ।

कार्यक्रममा क्रियाशील महिला पत्रकार समूहका अध्यक्ष शुभेक्षाबिन्दु तुलाधरले राज्यले महिलाले गरेको कामको मूल्यांकन नगरिएको चर्चा गर्दै अन्य श्रमजीवी पीडित महिलाको समाचार संकलन गर्ने महिला सञ्चारकर्मीको पनि आफ्नो छुट्टै समस्या भएको बताउनुभयो ।

उहाँले महिलाको मुद्दा महिला सञ्चारकर्मीले नै हेर्नुपर्ने, उनीहरुले नै लेख्नुपर्ने मान्यता रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका कानून अधिकारी निर्मला गुरुङले महिला र पुरुषबीच लैंगिक समानता कायम गर्नु ठूलो चुनौती रहेको बताउँदै महिलामाथि हुने बलात्कार, हत्या, बहुविवाह तथा गर्भपतन शिक्षित महिलामा पनि पाइएको बताउनुभयो ।

उहाँले विश्व बैंकको आर्थिक सहयोगमा महिला आयोगले सूचना प्रविधिमा आधारित २४ घण्टे हेल्पलाइन सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

आयोगको एकीकृत परियोजना व्यवस्थापक पलिता थापाले हेल्पलाइनमार्फत प्राप्त सूचनाका आधारमा आयोगले हिंसामा परेका महिलालाई तत्काल उद्धार गर्ने, उनीहरुलाई छ महिनासम्म सेल्टर सर्भिसमा राख्ने, निःशुल्क कानूनी सेवा उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।

उहाँले महिलामाथि सामान्य कुटपिटको घटना ८० प्रतिशतभन्दा बढी हुने गरिएको पाइएको जानकारी दिँदै हेल्पलाइनमार्फत २४ सै घण्टा फोन, इमेल तथा एसएमएसबाट आयोगलाई सूचना दिन सकिने बताउनुभयो ।

आयोगका अधिकृत भरत धमलाले महिला २१औँ शताब्दीमा पनि हिंसाबाट पीडित रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...