Monday, December 4, 2017

काँग्रेस नेता गगन थापामाथि बम प्रहार

काठमाडौँ, १८ मंसिर  ः चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । बम प्रहारबाट छ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...