Monday, December 4, 2017

रेडियो नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : सञ्चारमन्त्री

धनगढी, १८ मंसिर: सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको अहिलेको युगमा रेडियो नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालको समाचार र रेडियो कार्यक्रमअन्तर्गत ‘न्यायमा पहुँचको प्रभावकारिता’ विषयमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री बस्नेतले आफ्नो सेवालाई सशक्त वैज्ञानिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
जनतालाई सही र प्रभावकारी ढंगले सुसूचित गर्न नसकिएमा लोकतन्त्रको प्रतिफल प्राप्त हुन नसक्ने बताउँदै उहाँले देशका सवै प्रदेशमा समान ढंगले सेवामा पहुँच पु¥याउन आवश्यक भइसकेको छ भन्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले हाल २१ भाषामा समाचार प्रसारणका साथै १९ भाषामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । रेडियो नेपाल प्रशासन महाशाखा प्रमुख बुद्धिबहादुर खड्काले देशका ८३ प्रतिशत जनसंख्यामा रेडियो नेपालको पहुँच पुगेको र थप जनसंख्यामा पहुँच बढाउन पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी कानुन व्यवसायी, पत्रकार, बिभिन्न संघसंस्थाका प्रतिनिधिले स्थानीय जनताका आवाजलाई रेडियो नेपालले उचित स्थान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...