Friday, December 29, 2017

प्राकृतिक ‘सेक्स’ भन्दा ‘सेक्स टोय’बाट बढी मज्जा आउने ग्राहकले प्रतिक्रिया दिनेगरेको व्यवसायीको खुलासा [ हेर्नुस भिडियो ]

पिएनपिखबर: पछिल्लो समय नेपालमा यौन संतुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको छ । काठमाडौ मात्र होइन उपत्यका बाहिर केहि बर्षअघिदेखि संचालनमा आएका सेक्स टोय पसलमा देखिएको भीड तथा मानिसहरुको चासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाणित भएको छ । राजधानीबाट नजिकै रहेको बनेपामा ‘सेक्स टोय’को व्यापार तिब्र गतिमा हुन थालेपछि नेपालमा संभ्रान्त बर्गमा मात्र नभई निम्न मध्यम बर्गले समेत यसको उपयोग गर्दै आएको पाइएको छ ।

रंजीत बोहरा बिगत ८ बर्षदेखि ‘सेक्स टोय’को व्यापार गर्दै आएका छन। पिएनपिखबरसँग कुरा गर्दै ‘कान्तिपुर कण्डम हाउस तथा सेक्स टोय शप’ का संचालक रंजित बोहराले आफ्नो लामो अनुभवले नेपालका सेक्स टोय प्रयोगकर्ताहरु प्राकृतिक ‘सेक्स’ भन्दा ‘सेक्स टोय’मा बढी आनन्द मान्ने गरेको खुलासा गरेका छन । व्यवसायको सुरुवाती दिनहरुमा समाजमा नपच्ने खालको लागेतापनि पछिल्लो समयमा सहज हुदै गएको र बिगत ४ बर्षदेखि बनेपामा सुरु गरेको यो व्यवसाय अहिले ‘अल नेपाल डेलिभरी’को साथमा सफलतापुर्वक अगाडी बढिरहेको छ।

साधारणतया २ हजार देखि लिएर १५ हजार सम्मको ‘सेक्स टोय’ पाउन सकिने र पूर्ण शरीर आकारको कृत्रिम यौनांगको लागि भने ३५ देखि ४० हजारसम्म पर्ने बोहराले बताए। विवाहित, एकल महिला र श्रीमान तथा श्रीमती विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको पसलका संचालक बताउछन् । कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिएर जान्छन् र प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको पाइने उनले बताए ।

समग्रमा ब्यापार हेर्दा महिलाहरुले नै सेक्स टोय बढी प्रयोग गर्ने उनले बताए । यौनको बिषयमा राम्रोसँग खुलेर अगाडी नआउने नेपाली समाजमा अहिले बढिरहेको इमेल र इन्टरनेटको प्रयोगले सहयोग गरेको छ। सामाजिक संजालमा नै गोप्य रुपमा ‘सेक्स टोय’को बारेमा जानकारी लिने गरिन्छ। अहिलेसम्म व्यवसाय नराम्रो भन्ने प्रतिक्रिया नआएको एक पुराना ‘सेक्स टोय’ व्यवसायी बताउछन ।

आफु किशोरावस्थामा छदा कन्डमको बारेमा राम्रोसँग खुलेर बोल्न नसक्ने अवास्तः भएपनि प्रविधिले फड्को मारेसँगै अहिले खासगरी युवावर्गले नै कन्डम खुलेर खरिद गर्न आउने गरेको उनले बताए। पुनः प्रयोग गर्न मिल्ने खालको कन्डम देखि लिंगको आकार बढाउने सम्मको कन्डम पाइने हुँदा सबै बर्ग बुझेर मात्र खरिद गर्ने गरेको पाइएको उनी बताउछन। पुरुष कन्डमको तुलनामा महिला कन्डम प्रयोग गर्न पनि झन्झटिलो भएको हुँदा यसको प्रयोगकर्ता पनि कमै हुने गरेको उनले स्पष्ट पारे ।

बनेपामा पसल राखेर उनले अनलाइन, इसेवा र कुरियरको माध्यमबाट डेलिभरीको सुबिधा गर्दै आएका छन भने उपत्यकाभित्र एक दुइ घन्टामा नगद बिक्रि गर्ने गरेको उनले बताए। बोहराले तेश्रोलिंगीको लागि समेत ‘सेक्स टोय’ राखिएको बताए । नेपालमा महिलाहरुले प्रयोग गर्ने ‘सेक्स टोय’मा भाइब्रेटर र ‘डील्ड़ो’ नै भएको उनी दावी गर्छन । महिलाहरुले सदा भन्दा पनि भाइब्रेटर नै बढी खोज्ने गरेको उनले बताए ।

बोहरा सेक्स टोयको प्रयोगले कुनै साइड इफेक्ट नहुने दाबी गर्छन। मनोबिश्लेशकहरुले लत बस्ने असर हुन्छ भनेतापनि सिलिकनबाट बन्ने हुँदा यसले कुनै असर नगर्ने उनी बताउछन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...