Saturday, December 9, 2017

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रमुख संरक्षकमा डा. महतो

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको गत डिसेम्बर ८ का दिन संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद समिति र आइसिसिमा मनोनित सदस्य चयन गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको छ ।

संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अनररी परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको हो ।

बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहनुभएको संरक्षक परिषद गठन गरेको छ । यसै गरी डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा. महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

यसैगरी अनररी परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ‌ओसिनियाबाट छानिनुभएको छ भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिनु भएको छ ।

यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार, युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी, एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।

संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ ।

यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरु, राजनीतिक दलहरु र सम्पूर्ण नेपाली जनताले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ l

र निर्वाचनको परिणाम पछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृध्दिको बाटोमा अघि बढ्ने विश्वास संघले लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...