Saturday, December 9, 2017

सातौं काव्य उत्सव सम्पन्न

काठमाडौँ मङ्सिर २३, २०७४

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको काव्य उत्सवको सातौं शृंखला कार्यक्रममा नेपाली, हिन्दी र उर्दु भाषाका साहित्यकारहरुको उपस्थितिमा भब्य साहित्यिक अन्तरक्रिया र कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

अनेसास, नेपाल च्याप्टरक वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली सभापति र हिन्दीका साहित्यकार रघुवर शर्मा  प्रमुख अतिथि तथा हिन्दीका साहित्यकार महेश चन्द्र शर्मा, उर्दु साहित्यका कवि अब्दुल मोबिन खान  र इम्तियाज वफाविशेष अथिति रहनु भएको उक्त कार्यक्रममा नेपाली कविहरु रामकाजी कोने, दिब्य गिरी, राधेश्याम लेकाली, विजयध्वज थापा, शान्ति शर्मा, सुशिला हसिना, शशी थापा पण्डित, अर्जुन थापालगायतले कविता, मुक्तक, गजल, गीत र हाइकु वाचन गरेका थिए ।

सो कार्यक्रममा रघुवर शर्मा  र महेश चन्द्र शर्माले हिन्दी कविता तथा अब्दुल मोमिन खान  र इम्तियाज वफाले उर्दु गजल र कविता वाचन गरेर हिन्दी र उर्दु साहित्यका बारेमा पनि आ आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली सिने निर्माता निर्दशक एवं  साहित्यकार राजेन्द्र के.सी. लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सभापति राधेश्याम लेकालीले अनेसासले नेपाली भाषाका साहित्यलाई पनि विदेशी भाषामा अनुवाद गर्ने योजना रहेको र त्यसलाई हिन्दी र उर्दु भाषामा पनि अनुवाद गर्न सकेमा नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार हुने कुरा ब्यक्त गर्नु भयो ।

दिव्य गिरी
सदस्य
अनेसास

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...