Friday, December 29, 2017

उज्वल ठकुरीको भारत लगायत विश्व कृतिमान राख्न सक्ने ” विश्व रेकर्ड राख्ने भिडियोमा “अमेरिकामा बस्ने नेपालीहरु किन मौन छन् ? – प्रकाश श्रेष्ठ

केही महिना पहिला विश्व रेकर्ड कायम गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल मार्शल आर्टका चर्चित खेलाडी उज्वल ठकुरी दाईले पुन भारतियन एकजना जसले एउटा हातमा कुर्चीमा आरमले बसेर १० वटा स्नुकरबल केही सेकेण्ड होल्ड गरेर विश्व कीर्तिमान कायम गरेका रहेछन् तर त्यो रेकर्ड तोड्न उहाँले दुवै खुट्टा फांग गरेर चुनौतीपूर्ण ढंगले एउटा हातमा त्यस्तै बलहरु राखेर उसको रेकर्ड तोड्न प्रयाप्त प्रमाण पुग्ने भिडियो फेसवुकमा लाईभ गर्नु भएको रहेछ तर हामी कुनै नेपाली वा सघसंस्थाले त्यो चुनौतीपूर्ण कामलाई रेकर्ड दर्ज गर्न आवस्यक प्रकृया जुन ” गिनिज बुक वर्ल्ड रेकर्ड ” राख्न आवस्यक छ जस्तो की भिडियो रेकर्ड गर्ने आधिकारिक रुपमा व्यक्तीहरुको उपस्थितीमा सम्पुर्ण विवरण रेकर्ड गरेर पठाउने जुन जुन प्रकृया छ त्यसलाई हामी सपोर्ट गर्छौ के गर्नु पर्छ छिट्टै गरौ भन्ने आँट गरेको पाईन ” केवल अग्रिम शुभकामना र great job लेखेर औपचारिकता पुरा गरि दियौ । यस्ता कार्यमा हाम्रा नेपाली सामाजिक संघ संस्था organizer बनेर रेकर्डको प्रकृया बढाउन सक्ने हैसियतमा छैनौ र ? छौ भने यसरी रेकर्ड राखी नेपाललाई चिनाउन खोज्ने उज्वल ठकुरी जी मात्रै हैन सबै सक्षम व्यक्तीलाई साथ र सहयोग एवं आवस्यक प्रोत्साहन गर्न ढिला नगरौ । एकपटक वर्ल्ड रेकर्ड राखेको यो भारतियनको भिडियो हेरौ र उज्ज्वल ठकुरी दाईको पनि हेरौ र तुलना गरौ उहाँको भिडियोले ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” सहजै राख्ने आधार छ छैन ? छ भने रेकर्ड राख्ने प्रकृया अगाडी बढाउन आवस्यक साथ र सहयोग कसरी अगाडी बढाउन सकिन्छ अविलम्ब अगाडी बढौ ।
( हामी नेपाल चिनाउन विदेशमा नेपालको झण्डा अमेरिकाको विभिन्न शहरमा फरफराउँछौ, शिरमा टोपी लगाएर नेपाली भएकोमा गौरभ गर्छौ तर हामी भारत देखि विश्वलाई नै अगाडी उछिनेर नेपाली पहिचान राख्ने कुरामा त्यति धेरै महत्व दिदैनौ । तसर्थ यस किसिमको कार्यमा अग्रसरता देखाउनेलाई सधै प्रोत्साहन गर्ने system को विकास गरौ !)

के भारतलाई जित्ने हो या हैन ? यो भिदियो राम्ररी हेर्नुस् एदी भारतलाई जित्नु छ भने । यो खेल भारतको एक खेलादिले बसेर आन्नदले गिनेस बुकमा नाम निकाले तर म फांग गरेर गिनेस बुकमा नाम निकल्न सक्छु सबुत अगाडि छ । अब तीन लाख नेपालीको आवाज आमेरिकमा अनी ३ करोद जनताको आवाज नेपालमा हेर्न चाहन्छु । के भारतलाई जित्ने हो य हैन ?

Posted by Ujjwal Thakuri on Sunday, December 24, 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...