Tuesday, December 26, 2017

अत्याधुनिक नयां नेपाली गीत न्यूयोर्कवाली बसन्तीको क्यानाडावाट भव्य रिलिज

काठमाडौ। नयाँ बर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ अत्याधुनिक नेपाली गीतको भिडियो रिलिज भएको छ। अन्तरराष्ट्रिय नेपाली कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा न्यूयोर्कवाली बसन्ती बोलको डान्सिङ गीतको भव्य रिलिज भएको हो।

ड्रिम्सगेट नेपाल युट्युब च्यानलवाट विश्वभर एकसाथ रिलिज भएको उक्त गीतको भिडियोमा गायन गायक जगदीश समाल र गायिका सपनाश्रीको रहेको छ। संगीत ओम कर्माचार्यको रहेको छ भने, गीतकार सुरेन्द्र नकर्मी हुन्।

अमेरिकाको बैभबशाली न्यूयोर्क शहरमा छायांकन गरिएको न्यूयोर्कवाली गीतको भिडियोमा न्यूयोकवाली बसन्ती अमेरिकामा नै रहेकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई बनेकी छन्। साथमा प्रवेश उप्रेती पौल,कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको साथमा अमेरिकी बबाल मोडलहरुको पनि अभिनय रहेको छ।

भिडियोमा गीतको वोलजस्तै रोमान्टिक र फास्ट टाइपको डान्सिङ रहेको छ। नयां पुस्ताको रोजाई अनुसार ईश्वर थापाले भिडियो निर्माण गरेका छन्। जुन नयाँ पुस्ताको नयाँ ट्रेण्ड अनुरुपका डान्सिङ टाइपको भएकोले भिडियो सवैको प्रिय बन्ने निश्चित छ। नयाँ सवै प्रविधिको संयोजन गरेर रिलिज भएको यो गीतले सवैलाई नचाउने पक्का छ।

त्यसैगरेर ईश्वर थापाको ड्रिम्सगेट टीमले नयाँ बर्ष २०१८ जनवरी १ तारिखका दिन रिलिज गर्ने गरी अर्को नयाँ गीत पनि रिलिज हुने भएको छ। राजेन्द्र राईको गायन, गीत तथा संगीत रहेको कहिलेकाही बोलको उक्त गीतको भिडियोमा पार्वती राई, कृश थापा र जन्ग्बू शेर्पाको अभिनय रहेको र त्यस भिडियोको हाल क्यानाडामा सम्पादन भैरहेको जानकारी क्यानाडावाट ईश्वर थापाले दिएका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...