Tuesday, December 26, 2017

लडेर नै अगाडि बढिन् -शर्मिला थापा


म एकल आमा हुँ,एकल महिला होईन?
तिमी हुँदा म दुकल हुने, नहुदा म एकल महिला कसरी ?
जन्मिदा नि म एकलै जन्मिए, मर्दा पनि म एकलै मर्छु भने ?
फेरि म एकल महिला कसरी ?
दु:ख झेली छोराछोरी हुर्काएको छु,
फेरि म एकल महिला कसरी ?
एकल आमाको नाम कहिले नलेखेनि
परिचयपत्रमा, फेरि छोडेर जानि
बावुको नाम खोज्ने चलन कसरी ?

उनि हुन् “एकल आमा” को लागि लडिरहेकी महिला अधिकारकर्मी शर्मिला थापा ,उहाँले आफ्नो कविता द्रारा पनि आफ्नो आवाज एवं आफ्नो भावना तथा पिडाहरु राख्दै आउनु भएको छ ।

शर्मिला थापा सामाजिक कार्यकर्ताको साथ राम्रो कवियत्री पनि हुनुहुन्छ । उहाँको नया कविता सङ्ग्रह अस्तित्व भर्खरै निकाल्नु भएको छ । तर हाम्रो समाज हामी महिलालाई कसरी हुन्छ पुरुषको पुच्छर बाधिन बाध्य बनाउन खोज्छ्न् l र पुरुष बिना महिला एक्लै हुन्छ महिला केहि गर्न सक्दैन भन्ने पितृसतात्मक सोच छ नै ।

माथिल्लो स्तर देखी तल्लो स्तर सम्म महिला हेप्ने प्रथा हाम्रो देशमा यथावत छ । यो कुनै गाउं तथा जिल्लामा मात्र हुने भेदभाव होइन यो त काठमाडौंको मुटुमा पनि हुने यो एउटा प्रथा छ ।

शर्मिला आफै पनि यसको पीड़ित हुन् l १६ बर्षमा गरेको प्रेम बिबाह लबको परिणाम उनले आज सम्म भोग्दैछिन l र अचम्म लाग्न सक्छ म हरेक ठाउँमा हरेक दिन उनले आफु एकल आमा भएबापत अपमानजनक शब्द सुनि रहनु परेको छ l

शिक्षा हासील गर्ने स्थान बिद्यालयमा सहित एकल आमा भन्ने पछि, एकल आमाको नानिहरुलाइ छुट्टै ब्यबहार गरेको उनि भन्छिन् l बिद्यालयमा परिचयपत्रमा सहित हाम्रो नाम लेखिन त्यही जिम्मेवारीबाट भागेंको बाबुको नै नाम राखिन्छ l र साँढे २ बर्ष नाबालक छोरालाई बोकेर हिडेकी उनि आज सम्म पनि छोराको अधिकारको लागी लडिनै रहेको बताउँछिन् ।

सम्बन्ध बिच्छेद पतिपत्नीको हकमा बच्चाको लालनपालन बाबुले गर्नु पर्छ भनेता पनि मन लागे हेर्ने ,मन नलागे नहेर्ने क़िसिमको ब्यबहार र नेपालमा एकल आमाको अधिकारको निम्ति क़ानूनी प्रक्रिया तथा कार्यन्वयन राम्रो नहुदा पनि शर्मिलाले आफ्नो आवाज़ उठाईरहेकी छिन् ।

उनि भन्छिन् यो मेरो मात्र समस्या हैन l यो समस्या यहाँ लाखौं एकल आमाहरुको पिडा उस्तै छ्न्। महिलाहरुले बच्चालाई बाध्य भएर बाटोमा छोडेर हिंड्छ्न् बच्चालाई एक्लैले लालनपालन गरेर हुर्कायो त्यही बच्चा १६ बर्ष लागेर नागरिकता लिन जादाँ त्यही भगौडे बाबुलाइ खोजिन्छ ।

त्यसैले उनले एकल आमाको हक़ हित र अधिकारको निम्ति सन् २०११ देखि समिदा महिला बिकास मंच गठन गरियो l संस्था स्थापना गरे देखि एकल आमाका हक अधिकार अनि उनीहरुको नानीहरुको लागि लडाइँ गर्दै आइरहेको छ ।

र यस संस्थाको अध्यक्ष शर्मिला थापा २०१५ मा अमेरिकाबाट एन पिस नामक अवार्ड पनि जितेकी छिन् l संसारै भरीबाट अहिले अन्तराष्ट्रीय स्तरमा एक स्पिकर को रुपमा प्रस्तुतिको लागि उनलाई बोलाउछ्न् । कुनै बेला उनि आफ्नो कथाहरु पोख्नु पाउदा गौरव पनि महसुस गर्छिन् ।

२०१७ मार्च पनि नटिगाम युनिभर्सिटी लन्डनम मास्टर विद्यार्थीका लागि बोलाइएका थियो भने युनिभर्सिटी अफ ग्लास्गोले पनि पिचडी विद्यार्थीका लागि बोलाएको थियो । १०१७ अक्टोबरमा मुख्य वक्ता को रुपमा कोकाकोला फाउन्डेसन वोमेनले आमन्त्रणमा ग्रिसमा सहभागी भएकी उनि भने नोभेम्बरमा बिजयवाडा र केरला ईनकेरलामा जेन्डर बेस लैङ्गिकमा आधार हिँसा सम्बन्धि ९ दिनको कार्यशाला गोष्ठीमा साउथ एसियन एक्सपट रुपमा समेत सहभागी भईन् l

र सदैव त एकल आमाको अधिकारको लागि लडिरहने प्रतिबद्धता समेत गर्छिन् र एकल आमाको हक़ अधिकारको लागि लडेरै अगाडी बढ्ने दृढ़ विश्वास राख्छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...