Thursday, December 7, 2017

हार्दिक बधाई एवं धन्यवाद !

नेपालको इतिहासकै सर्वाधिक महत्व राख्ने “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान-२०७२”को सफल कार्यान्वयनका लागि आवश्यक विभिन्न तहको निर्वाचन अनेकौं अप्ठ्यारा चुनौतिका बावजूद, शान्तिपूर्ण तवरले तोकिएकै मितिमा सम्पन्न गरेर संक्रमणकालको अन्त्य गर्दै, मुलुकलाई स्थायी शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउँने यो महान अभियानको सफल नेतृत्व गर्नुभएकोमा नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूलाई नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।

यसका साथै निर्वाचनमा सहभागिहुने बिभिन्न राजनीतिक दल, आम नेपाली नागरिक लगायत निर्वाचनलाई संम्पन्न गर्नका निमित्त अहोरात्र खटिने निर्वाचन आयोग, निजामति प्रशासन र सुरक्षा निकायलाई समेत नेपाली जनसम्पर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ ।

धन्यवाद, जय नेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसंपर्क समिति अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...