हुम्ला, २२ मंसिर ः जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनुभएको छ ।
लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment