Friday, December 8, 2017

मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ ः आयुक्त पौडेल

काठमाडौँ, २२ मंसिर (रासस) ः निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको बताउनुभएको छ ।

मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुग्नुभएका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतगणना देशरभर नै शान्तिपूर्ण रुपमा भइरहेको बताउनुभएको हो । “तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना धमाधम भइरहेको छ,”– उहाँले भन्नुभयो ।

आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पार्नुभयो । “मतगणनामा ढिला भयो भने विशेष व्यवस्था गर्नेछौँ,”– उहाँले भन्नुभयो ।

राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ । प्रत्येक क्षेत्रको दुई÷दुई स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...