काठमाण्डौं । पटक पटक आफ्ना बारेमा राष्ट्रिय दैनिक कान्तिपुरले निराधार समाचार प्रकाशन गरेपछि प्रख्यात उद्योगी व्यवसायी अजय सुमार्गीले त्यसको जवाफ दिने भएका छन् । विदेशबाट अवैध पैसा ल्याएको आरोप लगाउँदै तीन , तीन महिनाको विचमा १३ पटक समाचार प्रकाशन गरेपछि व्यवसायी सुमार्गीले विहिवार पौष १३ त्यसको जवाफ दिन लागेका हुन् ।
तेह्र पटकसम्म समाचार प्रकाशन गर्दा पनि चुप बसेका चर्चित व्यवसायी सुमार्गीले भने, अब अति भएपछि वास्तविकता खुलासा गर्नैपर्छ भनेर विहिवार हेल्लो टावरमा नै पत्रकार सम्मेलन गर्न लागेको बताए ।
राष्ट्र बैंकका कर्मचारीको गलत सुचनाको आधारमा समाचार बनाउँदै आएको कान्तिपुर दैनिकलाई व्यवसायी सुमार्गीले आफुले गरेको अवैध कार्यको पुष्टि गरेर देखाउन समेत कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई चुनौती दिएका छन् ।
समाचार आए लगत्तै व्यवसायी सुमार्गीले कान्तिपुर दैनिकमा खण्डन पठाएका थिए । खण्डनलाई तोडमोड गरि प्रकाशन गरेपछि व्यवसायी सुमार्गी आक्रोषित भएका हुन् । गलत काम गरेको पुष्टि गरेर देखाउन कान्तिपुर दैनिकलाई चुनौती दिँदै सुमार्गीले भनेका छन्, म गलत व्यवसायी प्रमाणित भए व्यवसायबाट सन्यास लिन तयार छु, तर, कसैलाई चरित्र हत्या गर्न पाउने अधिकार नेपालको कानुनले दिएको छैन् ।
उनले भनेका छन्, कथित समाचार लेख्ने काम नरोकिए न्यायको ढोकासम्म पुग्ने छु । यदि महिले गलत गरेको भए मेरा र मैले गर्दै आएको कामका वारेमा छानविन गर्ने संस्था थुप्रै छन्, उनले भने । केहि वर्षयता देखि कान्तिपुर दैनिकले उद्योगी व्यवसायी सुमार्गीले विदेशबाट अवैध सम्पत्ती नेपाल भित्राउँदै आएको समाचार लेख्दै आएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको ऋण तिर्न नसकेपछि त्यो जमिन बैंकको अधिनमा थियो । खराब ऋणी त जग्गाधनी हुने नै भए । त्यो जमिन करोडौं खर्चेर अजयराज सुमार्गीले खरिद गरे । त्यहि जग्गा पुनः सिरोहियाले फिर्ता मागे, व्यवसायी प्रयोजनका लागि खरिद गरेका सुमार्गीले त्यो मानेन र त्यसपछि कान्तिपुरले बारम्वार एउटै समाचारलाई उल्टाई पल्टाई छाप्दै आएको छलफल डटकममा समाचार छ l
No comments:
Post a Comment