Saturday, December 23, 2017

अमेरिकामा रुकुमेलीहरु संगठित

टेक्सास (अमेरिका)- अमेरिकामा रहेका रुकुमेलीहरु संगठित भएका छन् । एक आपसमा सहयोग आदानप्रदान तथा आपत बिपदमा परेका रुकुमेली संगै नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यसहित रुकुमेली समाज अमेरिका गठन भएको हो ।

समाजलाई बैधानिक प्रक्रिया पुरा गरेर साधारणसभा गर्न एक तदर्थ समिती समेत बनाइएको छ । बिहिबार टेक्सासको अष्टिनमा भव्य बनभोज कार्यक्रमको आयोजना गरेर रुकुमेली समाज अमेरिकाको औपचारिक घोषणा गरिएको हो ।

मोहन के सी को अध्यक्षतामा बनेको तदर्थ समितीको बरिष्ठ उपाध्यक्षमा राम प्रसाद के सी, उपाध्यक्षमा मोहन कुसारी, बिर्ख खत्री र बिनोद मल्ल, महासचिवमा हरि बि क, सचिवमा बिजय चन्द , कोषाध्यक्षमा मिना ज्ञवाली गौतम तथा सह कोषाध्यक्षमा चन्द्र देबकोटा रहेका छन् ।

तदर्थ समितीले रुकुमेलीहरुसंग छलफल गरेर सल्लाहकार र बांकी पदाधिकारी चयन गर्नेछ भने सदस्यता पनि खुल्ला गर्नेछ । बनभोज कार्यक्रम तथा तदर्थ समिती घोषणा कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साह, रुकुमेली अग्रज तथा समाजसेवी धनबहादुर केसी, नेपाली जन सम्पर्क समिती अमेरिकाका उपसभापती सिपी पौडेल, एनआरएन अमेरिकाकी बोर्ड अफ डाइरेक्टर दिब्या वली केसी, टेक्सास च्याप्टर महासचिव पदम ठकुराठी, कोषाध्यक्ष सतिस ओझा, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजका पुर्ब अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपाने, पुर्ब अध्यक्ष गेहेन्द्र के सी लगायत टेक्सासका बिभिन्न क्षेत्रमा रहेका रुकुमेलीहरुको सहभागीता रहेको थियो ।

तदर्थ समिती घोषणा पछि बोल्दै बक्ताहरुले सफलताको शुभकामना संगै आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बचन दिएका थिए । अमेरिकामा सयौंको संख्यामा रुकुमेलीहरु भएपनि एकताबद्ध हुन पहिलोपटक बनभोज संगै रुकुमेली समाज निर्माण गर्ने निर्णय भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...