Sunday, December 3, 2017

टोरन्टो तेक्वान्दोमा नेपालकी यामकुमारीले स्वर्ण जितिन्

टोरन्टो । क्यानडाको टोरन्टोमा सम्पन्न टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यामकुमारी चौलागाईंले आज स्वर्ण पदक जितेकी छिन्।

क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यामकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन्। त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।

नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे। टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए।

महिला ४९ केजीमा रेजिना (क्यानाडा) तथा ६२ केजी मुनि ज्ञानी (क्युवा)का खेलाडीसँग पराजित भएका हुन्। उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...