Sunday, December 3, 2017

गाईघाट, उदयपुर, १७ मंसिर । प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी किनारमा रहेको साकेला स्थानमा भेला भई उद्यौली पूजा मनाउने कार्य शुरु गरेका छन् ।

 

जिल्लाको त्रियुगा नगरपालिकासहित अन्यत्र बसोवास गरेका किराती राईहरुले गाईघाटस्थित साकेला स्थानमा ठूलो संख्यामा भेला भएर आफ्ना किराती पूजारी नाछुङबाट भूमी पुजा र उद्यौली पूजा शुरु गरेको किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किरातीले बताउनुभयो ।

किरात राई यायोख्खा उदयपुर र त्रियुगा नगरपालिकाको आयोजनामा गाईघाटस्थित साकेला स्थानमा उद्यौली पर्व मनाउन शुरु गरिएको सम्बन्धित पदाधिकारीले बताउनुभयो ।

नयाँ अन्नबाट बनेको कोदाको जाँड, नयाँ धानको चामल, नयाँ अद्वा, कोदो, धानसहित नयाँ अन्नबाली र कुखुराको भाले भूमी देवीलाई चढाएर पूजा शुरु गरेको किरात राई यायोख्खा जिल्ला सदस्य गंगाबहादुर राई बताउनुभयो ।

उद्यौली पूजासँगै किराती राईका युवायुवतीले आ–आफ्ना पहिरनमा ढोल र झ्याम्टाका साथमा साकेला नृत्य समेत शुरु गरेर आफ्ना संस्कृति प्रर्दशन गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...