Monday, December 25, 2017

एमालेभित्रै रहेर मधेशका अधिकार स्थापित गर्छुः सांसद गुप्ता

कपिलवस्तु, १० पुस  ः कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं २ का नवनिर्वाचित सांसद वृजेशकुमार गुप्ताले राजपा परित्याग गरी स्वतन्त्र समूह घोषणाबाट निर्वाचनमा उत्रिएको आफूलगायत आफ्नो समूहले नेकपा (एमाले) भित्र रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताउनुभएको छ ।

यहाँ आजसञ्चारकर्मीसँग कुरा गर्दै नेता गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका वर्ग समुदायको अधिकारका लागि एमाले नै उपयुक्त पार्टी भएका कारण आफूहरूको रोजाइ पनि एमाले नै रहेको बताउनुभयो ।

“सो सम्बन्धमा एमाले नेतृत्वसँग निर्वाचनअघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी छ”, सांसद गुप्ताले भन्नुभयो, “हामी टेबलमा बसेर समस्या समाधानको प्रयास गछौँ ।”

वर्तमान संसद्मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेका कारण आफूहरूले तराई मधेश र पिछडिएको वर्ग समुदायका पक्षमा उठाएका विषयको सम्बोधन हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...