Monday, December 25, 2017

एउटा कालो दिनको सम्झनामा आयो संग्रहणीय कृति (भिडियो सहित)

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका सामाग्री उत्पादन तथा पोष्ट प्रोडक्सनमा छोटो समयमै फड्को मारेको बर्ल्ड कभर मिडिया प्रा.लि.ले फेरि एउटा संग्रहणीय सामाग्री सार्वजनिक गरेको छ । २०७२ बैशाख १२ गतेका दिन नेपालमा गएको महा भूकम्प सम्बन्धी गीति सामाग्रीको भिडियो सार्वजनिक भएको हो ।

महाभूकम्प २०७२ ले आठ हजार भन्दा बढीको ज्यान लियो, लाखौं मान्छे बेघरबार भए भने अझै पनि लाखौंको रात धर्ती ओडेर आकाश ओछ्याउँदै बिति रहेको छ । महा भूकम्प गएको करीब तीन वर्ष हुन लाग्दा पनि यसका पराकम्पहरु गई रहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै त्यसको विस्तृत ब्याख्या र जानकारी सहितको गीति भिडियो युट्युबमा आएको हो ।

लाखौं नेपालीलाई पिडा दिएको महाभूकम्प सम्झिदा आफैंमा पिडा भएता पनि यसको एउटा ईतिहास बन्ने तर्फ बिचार गर्दै यो सामाग्री सार्वजनिक गरिएको बर्ल्ड कभर मिडियाले बताएको छ । उक्त गीतको शब्द ओम बहादुर जि.सी.ले लेखेका छन् भने संगीत चर्चित सर्जक रेशम सापकोटाले गरेका छन् । तरेली संगीत कुञ्जले उत्पादन तथा वितरण गरेको गीतमा स्वर रेशम सापकोटा र मुना थापाले दिएका छन् । बिरेन्द्र भाट बिपिनको छायाँकन र सम्पादन रहेको भिडियोमा रेशम सापकोटा, डोमा लामा, गोरन चौधरी, मनिषा राई, रोशनी सापकोटा, सुरेश शाही, झलक संगीतम्, प्रकाशदीप गैरे। सुशिला कट्टेल, ध्रुव पुन मगर, पवित्रा रिजाल, सुशिला थापा, रक्षा बास्तोला, कबिता गौतम, मणि राई, उमाकान्त सापकोटा, सवनम सिलवाल, सरस्वती पोखरेल र उज्जवल शर्माको अभिनय रहेको छ । ओम बहादुर जि.सी. निर्माता र रेशम सापकोटा नै निर्देशक रहेको भिडियो एक घण्टा १० मिनेटको रहेको छ ।

बाँकी विस्तृत भिडियोमा :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...