Thursday, December 28, 2017

कलाकार सरोज खनालको प्रेस मीट

आगामी ७ जनवरीमा भर्जिनियाको लोमन्स प्लाजामा प्रदर्शन गरिन लागेको नयाँ नेपाली चलचित्र प्रदर्शनको सन्दर्भमा च्याण्टिलीमा अवस्थित नेपालीहरुको मिलन थलो वन्दै गएको इजी सल्युसनको कार्यालयमा एक पत्रकार भेटघाटको आयोजना गरियो ।
सो अवसरमा कलाकार खनालले पञ्चायत चलचित्र पञ्चायती व्यवस्थासँग सोझै सम्वन्धित नभएको तर पञ्चायत कालको कालो छाया भने यसमा रहेको वताए । चलचित्रमा नेपालका महिलाहरुले भोगिरहेको छाउपडी प्रथालाई समेटेको र चलचित्र मनोरञ्जनात्मकतामा भन्दा ३० वर्ष अघिको समाजको चित्र प्रस्तुत गर्ने उद्देष्यले प्रेरित रहेको वताए । उनले चलचित्रमा आफूले विना पारिश्रमिक काम गरेको र निर्माताको खर्च उठेपछि चलचित्र सुटिङ्ग भएको गाउँका लागि खर्च गरिने पनि वताए ।
सो चलचित्र नेपालमा आगामि महिना प्रदर्शनको लागि तयारी भएको तर त्यसअघि नै यसले सान फ्रान्सिस्कोमा भएको अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा विदेशी भाषाको उत्कृष्ट चलचित्रको पुरस्कारका साथै सर्वश्रेष्ठ नायिकाको पुरस्कार पनि पाएको वताए । सो ऊवसरमा छोटो प्रोमो पनि देखाइएको थियो ।
सोही अवसरमा इनासले आगामि जनवरी २१ मा पप सम्राट ओमविक्रम विष्टको सहयोगार्थ आयोजना गरिन लागेको साँस्कृतिक कार्यक्रमको विषयमा पनि छलफल भएको थियो । सो अवसरमा इनास भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द श्रेष्ठले पनि वोल्नु भएको थियो भने कार्यक्रम रमेश मैनालीले सञ्चालन गर्नु भइको थियो ।
(समाचार तथा फोटो: http://bit.ly/2CjASgw सँग सहकार्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...