Thursday, December 28, 2017

पूर्वराजा ज्ञानेन्द्र सपरिवार नेपालगन्जमा, चारतारे होटल सोल्टीको उद्घाटन गर्ने

नेपालगन्ज, १३  पुस । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज आइपुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज आइपुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए । उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाएका थिए ।पूर्वराजपरिवार एक हप्ताभन्दा बढी समय नेपालगन्जमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।पूर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमा निर्मित चारतारे होटल सोल्टीको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।उनले विभिन्न धार्मिक तथा ऐतिहासिक मठ–मन्दिरहरुको दर्शन पनि गर्ने बताइएको छ

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...