Thursday, December 28, 2017

सङ्गितकार आर.लामा र दिपा लामाको “मज्जा बेग्लै छ”भाइरल बन्दै

नेपाली संगीतकारहरु गायक बन्ने क्रममा चर्चित युवा संगीतकार आर.बि.लामाले पनि आफ्नो नाम थपेका छन।सबै बिधाको गीतहरु संगीत गर्न पोख्त संगीतकार आर.बि.लामाले भर्खरै “मज्जा बेग्लै छ”भन्ने बोलको गीत सार्वजनिक गरेका छन ।

अहिले बजारमा चलिरहेको ट्रेन्ड्लाई मध्यनजर गरि बनाइएको गीत”मज्जा बेग्लै छ” मा चर्चित पार्श्वगायिका दीपा लामाले उनलाई स्वरमा साथ दिएकी छिन जसमा शब्द र संगीत उनको आफ्नै संगीत संयोजन भने आमोस तामाङ्को रहेको छ।विभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल प्रीया लिम्बु , हेरुका लामाको साथ बि.गोर्खाली ब्वाइजको जोडदार अभिनय रहेको छ।

गीतको भाबलाई विशेष ध्यानमा राखी बनाइएको उक्त म्युजिक भिडियोमा कोरियोग्राफ बि.गोर्खाली ब्वाइज,छायांकन राम कुमार के.सि. रहेको छ भने सम्पादन र निर्देशन बरिस्ठ सम्पादक टेकेन्द्र शाहको रहेको छ।करिब एक सय पचास गीतमा संगीत भरिसकेका गीतहरु मध्ये विश्व नेपालीको स्वरमा रहेको “तिम्ले धोका दिएपछी” ,मेलिना राईको “धोका दिई जाने माया”,शिव परियारको “तिमी हेरिराख” ,दीपा लामाको “यति धेरै माया लाग्छ”,दीपक लिम्बुको “गरिब भनी हेला नगर”,प्रेम लामाको “बगिजाने खोला हजुर”,पुजा तामाङ्को “सिन्धु त पाल्चोक”,कोष बोम्जनको “हिउँ त झर्ने” उनले गरेका संगीतको चर्चित गीतहरुमा पर्दछन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...