Thursday, December 28, 2017

“सम्झना लामिछाने मगरको स्याउ जस्तो गालामा चुप्प खाने भन्दै आए अनुराग सुनार” (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलमा जन्मिएका अनुराग सुनार बिगत केहि समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा रुमलिदै अशंख्य श्रोता तथा दर्शकहरुका लागि फरक-फरक सांगीतिक स्वाद पस्किरहेका छन् । उनले केहि समय अगी मात्र परदेशीहरुको यथार्थतालाई जस्ताको त्यस्तै “मरुभूमिमा एक्लो भाको छु” बोलको गीत ल्याएर आफ्नो स्थान यस क्षेत्रमा उच्च बनाइसकेका छन् । यस लगत्तै पछिल्लो पटक अनुरागले आधुनिक लोक सांगीतिक स्वाद मेट्न चाहनेहरुका लागि लक्षित गर्दै “चुप्प खान यार” बोलको गीत पनि लिएर आइसकेका छन् प्रस्तुत गीतमा अनुराग सुनारलाई स्वरमा साथ शम्झाना लामिछाने मगरले दिएकी छिन् ।

अनुराग सुनारको नै लय तथा शब्द सृजनाले तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भैसकेको छ । गीतमा प्रयोग गरिएको चुप्प भन्ने शब्द भएता पनि यस गीतको म्युजिक भिडियोलाई फरक र सबैले एकै साथ् बसेर हेर्न मिल्ने गरेर तयार गरेको छु भन्दै कलाकार अनुरागले सबैले हेरेर क्रियाप्रितिक्रिया दिनुहुन अनुरोध गरेका छन् । यस गीतको म्युजिक भिडियोमा बिक्रम चौहान, अप्सरा सुनुवार, पवन बि.सी र रिना रजाली को अभिनय देख्न सकिन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts