Sunday, December 24, 2017

कांग्रेसका १२ महिला नेतृको संयुक्त विज्ञप्तिः अध्यादेश तत्काल जारी गरियोस्

काठमाडौं– कांग्रेसका १२ महिला केन्द्रीय सदस्यले राष्ट्रिय सभा निर्वाचन सम्वन्धि अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले आइतबार एक  विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन परिणाम अन्तिम अवस्थामा आइपुग्दा समेत अध्यादेश जारी नभएका कारणले अर्को संवैधानिक जटिलता देखा परेको उल्लेख  गरेका छन् ।

‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नहुदासम्म संघीय संसदले पूर्णता नपाउने, व्यवस्थापिका संसदले पनि पूर्णता पाउन नसक्ने, महिलाको एक तिहाइ प्रतिनिधित्वको सुनिश्चितता नहुने र नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध हुन जाने भएकाले उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रिय सभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रदान गर्न सम्माननीय राष्ट्रपति समक्ष हामी जोडदार माग गर्दछौं ।’
विज्ञप्ति निकाल्ने को–को ?
१. डा. डिला संग्रौला –नेपाली कांग्रेस, केन्द्रीय सदस्य
२. दिव्यश्वरी शाह – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
३. ओमकला गौतम – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
४. ललितकला गुरुङ्ग – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
५. निर्मला क्षेत्री – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
६. नानु वास्तोला शिवाकोटी – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
७. महिन्द्रा लिम्वु – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
८. मधु शाही ठकुरी – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
९. रंगमती शाही – नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
१०. उषा भण्डारी— नेपाल महिला संघ निवर्तमान केन्द्रीय सदस्य
११. प्रसिस महरा, नेपाल महिला संघ, निवर्तमान केन्द्रीय सदस्य
१२. कमला राई, नेपाल महिला संघ, निवर्तमान केन्द्रीय सदस्य

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...