Wednesday, January 31, 2018

साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा

विजय थापा ,अमेरिका को न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा आएको छ l

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिका मा उनले प्राप्त गरि सकेकी छिन् l उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो l साझा प्रकाशन द्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो lपुस्तक को आवरण हरियो रंगमा प्रकाशित अन्त्यहीन ईच्छा पहिलो पृष्ठ मा पहिलो कथा छ l ८८ पृष्ठ को पुस्तकमा मोतीको माला , यस्तो पनि बिबाह ,संयोग ,बाबुको मुख हेर्न दिन ,विजय ,नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाई सहित १७ वटा कथाहरु रहेका छन् l

 

नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशन बाट आफ्नो कृति प्रकाशन गर्दछन l

साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा

विजय थापा ,अमेरिका को न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा आएको छ l

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिका मा उनले प्राप्त गरि सकेकी छिन् l उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो l साझा प्रकाशन द्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो l

पुस्तकको आवरण हरियो रंगमा प्रकाशित अन्त्यहीन ईच्छा पहिलो पृष्ठ मा पहिलो कथा छ l ८८ पृष्ठ को पुस्तकमा मोतीको माला , यस्तो पनि बिबाह ,संयोग ,बाबुको मुख हेर्न दिन ,विजय ,नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाई सहित १७ वटा कथाहरु रहेका छन् l

नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशन बाट आफ्नो कृति प्रकाशन गर्दछन l

मेरो श्रीमानलाइ नेपालमा मारे, मलाई इराकमा दलालले बेच्यो ! चेलीको दर्दनाक पिडा भिडियो सहित !!

यो कस्तो बिडम्बना, कति चेली हरु खाडीमा दलाल बाट बेचिएर यसरी बस्न बाध्य भएका छन् यो कुनै नौलो कुरा होइन | आज फेरी आङकामी शेर्पाको सहयोगमा इराकमा बेचिएकी चेली संगको लाइव भिडियो हामी हेर्न सकिन्छ, पिडित चेली आफ्नो दुख: पिडा लाइव भिडियो मार्फत पोख्नु भएको छ | आङकामी शेर्पा अमेरिकामा बस्दै आय पनि उहाको सामाजिक सेवा नेपाली हरुको लागि एकदमै मर्मस्पर्सी छ | दलाल बाट बेचिएका धेरी चेली हरु लाइ उहाले  उद्दार गर्न सफल हुनु भएको छ | गंगा माया तामांग जो अहिले इराकमा दलाल मार्फत बेचिएकी छन् उनि आफ्नो दुख : आङकामी शेर्पा संग लाइव भिडियोमा पोख्नु भएको छ |
हेरौ उक्त भिडियो आफै बोल्छ |

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको मासिक साहित्यिक कार्यक्रम सम्पन्न

माेरिसभिल, नर्थ क्यारोलाइना – नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत ५ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण गत शनिवार नर्थ क्यारोलाइनाको माेरिसभिल मा सम्पन्न गरेको छ l

नेपाली साहित्य का लागि वहुआयामिक ब्यक्तित्व प्रा डा अभि सुवेदी बारे विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा समाजका महा सचिव शिखर दुलालले डा सुवेदी सम्बन्धी अनुसन्धान संकलन स्लाइडमा प्रस्तुत गर्नुभएको थियो भने अन्य सहभागीहरुले डा सुवेदीका अन्य पाटाबारे आफ्नो जानकारी प्रस्तुत गरेका थिए।

सार्क लिटरेरी एवार्ड २०१०
युगकवि सिद्धिचरण पुरस्कार : युगकवि सिद्धिचरण प्रतिष्ठान ले प्रदान गरिने !
डबली पुरस्कार २००२ पुरस्कार हासिल गर्न

सफल नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि सुवेदिकाे स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ ।

करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर रहेकाे र अङ्ग्रेजी मा पुस्तक प्रकासन सनालाेचना एव अनुवाद समेत गरि नेपाली भाषालाइ विश्व बजारमा समेत लैजान अनवरत रुपमा लागिरहनु भएको निष्कर्ष प्रस्तुत गर्दै सचिव दुलालले डा सुवेदीको जीवनबाट हामीले धेरै कुरा सिक्न सकिने राय व्यक्त गर्नुभयो। कार्यक्रममा समाजका सल्लाहकारद्वय डा. हरिहर भट्टराईले डा सुवेदी सँगको आ-आफ्नो व्यक्तिगत एवं कार्यगत अनुभव बाड्नु भएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा कविहरु क्रमशः शिखर दुलाल, ऋषि बस्ताकोटी, शिशिर खनाल, बिक्रम गौतम, शुवास ढकाल , गिता वस्नेत , मनोज प्रधान, र नम्रता गुरागाईंले आ-आफना कविताहरु सुनाउनु भएको थियो । कविता वाचनपछि सहभागीहरुले फोनमार्फत् काठमाडौँ रहनुभएका प्रा डा अभि सुवेदीसंग प्रत्यक्ष कुराकानी गरेका थिए। कुराकानीको क्रममा सुवेदीले आफ्नो रिटायर्ड जीवन र गतिसिल लेखनका बारे जानकारी गराउनुका साथै सहभागीहरुका अन्य जिज्ञासा मेट्नुभएको थियो। छलफलका क्रममा उहाले हाईकु लेखन र यस्काे ईतिहास बताउदै आफूलाई पनि हाईकु र नाटक लेखन मा रुचि रहेकाे बताउनु भयाे !
साहित्य सिर्जना क्रममा देश विदेशका अनुभवहरु सुनाउंदै उहाले उमेरले भन्दा पनि दृष्टिकोण र लगनशीलताले मानिसलाई परिणाममुखी बनाउने बताउनुभएको थियो।

प्रवासमा रहेका नेपालीले नेपाली संस्कृति र साहित्यको सम्वर्धनमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा सुवेदिले भन्नुभयो, “स्तरीय अनुवाद गरेर नेपाली साहित्यले बाहिरको जगत्लाई सम्प्रेषण गर्न सके हाम्राे पहिचान संसारमा वाट्न सकिन्छ ! प्रवासमा रहेका नेपालीले नेपाली साहित्यको अनुवादमा जोड दिनुपर्छ र नेपाली अंग्रेजी भाषामै हाम्राे साहित्य सिर्जना गर्नुपर्छ तबमात्र विश्वले नेपाली साहित्य का बारेमा जानकारी पाउँछ।” त्यस्तै विदेशमा रहेका नेपालीले आफ्ना छोराछोरीलाई नेपाली साहित्य र संस्कृतिको बारेमा जानकारी गराएर थप प्रेरणा प्रदान गर्नुपर्ने समेत बताउनु भयो।

टेलिफाेन बार्तामा मनोज प्रधान, ऋषि बस्ताकोटी, शिखर दूलाल, नम्रता गुरागाई , शिसिर खनाल र विक्रम गाैतम लगायतले उहासंग साहित्य र व्यक्तिगत जीवनका विविध पाटाबारे आ- आफ्ना जिज्ञाशा राख्नुभएको थियो l

टेलिफाेन बार्ताकै क्रममा आफ्ना सहपाठी डा हरिहर भट्टराई संग भेट गर्दा डा सुवेदी ले खुशी हुँदै विगतकाे वेलाका यादहरु संझाउनु भएकाे थियाे l यसैगरि आफ्नी विध्यार्थी नम्रता गुरागाई लाई टेलिफाेनमा भेट्दा खुशि ब्यक्त गर्दै त्याे वेला वहाहरुले गरेकाे नारी भेला र कार्यक्रम का वारेमा कुरा कानि गर्नु भएकाे थियाे !
कार्यक्रमको अन्त्यमा संस्थाका सचिव शिखर दुलाल ले डा सुवेदी लाइ समय दिनु भएकाे मा धन्यबाद दिनु भएकाे थियाे भने प्रा डा सुवेदी ले पनि खुशि ब्यक्त गर्दै नर्थ क्याराेलाईना नेपाली साहित्य समाजले यश प्रकारकाे नयाँ कार्यक्रम गरेकाे र आफुलाई छनाेट गरि आफ्ना कुरा राख्न बन्दाेबस्ताे गरेकाेमा हार्दिक धन्यवाद दिनु भइ कार्यक्रम काे अन्तमा आफ्नाे कविता सुनाउनु भएकाे थियाे !

( नर्थ क्याराेलाइना नेपाली साहित्य समाज : अमेरिका )

नेपाल अमेरिका पत्रकार संघ द्वारा शुभकामना सन्देश

गैर आवासीय नेपाली संघ को संचार प्रकाशन समितिको सह संयोजकमा बिजयी घिमिरे तथा नेजाका पूर्व अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा तथा होमनाथ लम्साल उक्त समितिका सदस्यहरुमा मनोनयन हुनु भएकोमा नेजा ले शुभ कामना दिएको छ l

नेपाल अमेरिका पत्रकार संघका महा सचिव तोया दाहाल द्वारा प्रेषित छापा बिज्ञप्तिमा उक्त कुरा जनाइएको छ l पूर्ण पाठ जस्ताको त्यस्तै :

कहाँ छ्यौ तिमी ? नवीना खड्का र प्रभात सुवेदीज्यूको वाचनमा करोडौ नेपालीहरुको मन छुने भिडियो

गुल्मी जिल्ला आपचौरमा जन्मिएका फडिन्द्र भट्टराई लन्डन बाट यस्तो मार्मिक कविता बाचन

नेपालमा गुल्मी आपचौर घर भई बेलायतमा कार्यरत  फडिन्द्र भट्टराई  पत्रकारिता लेखन र सामाजिक कार्यमा सकृय छन । पछिल्लो समय साहित्य साधनाको रुपमा कविता सृजनामा समेत देखिएका भट्टराईको छन्दमा वाचन गरिएको कविताको  एउटा भिडियो तपाई हरुको लागी हामीले फडिन्द्र भट्टराईकै फेसबुक वाल बाट साभार गरि हजुरहरुको सामु पस्केका छौ हेरी सके पछी आफ्नो सल्लाह सुझाब पक्कै पनि दिन सक्नु हुने छ |
साहित्य चौतारी यूकेको शृंखलामा फडिन्द्र भट्टराईको एउटा कविता भिडियो

फोटो पठाउनुस् पुरस्कार जित्नुस, यस्तो छ अन्य अफरहरु

ईटहरी/ प्रेमलाई प्रगाढ र परिचित बनाउदै प्रेम दिवस पारिवारिक माहौलमा पनि मनाउनु पर्छ भन्ने उद्देश्यका साथ  डिथ्री अनलाईन ‘डिथ्री प्रोडक्सन नेपाल, ईटहरी’ को आयोजनामा ‘भ्यालेन्टाईन फोटो कम्पिटिसन’ को आयोजना राखेको छ ।आउदो २२ गतेसम्म लाई ईछुकहरुले फोटो पठाउनलाई समयसिमा तोकिएको छ । प्रतियोगितामा सहभागी हुनको लागि एक महिला र एक पुरुष भएको तस्बिर पठाउनु पर्नेछ ।
एक प्रेमी प्रेमिका देखि लिएर दाजु-बहिनी, दिदी-भाइ, बुवा-आमा, साथी-साथी लगायतका सम्बन्धका तस्बिरलाई पनि सहभागी गराईने छ । तस्बिरमा २ भन्दा बढी ब्यक्ति भएमा प्रतियोगिताको लागि मान्य हुनेछैन भने १ जना मात्र भएको तस्बिरलाई पनि प्रतियोगितामा सहभागी गराईने छैन ।  प्राप्त सम्पुर्ण तस्बिरहरुलाई माघ २३ गते  फेसबुक पेज ‘DThree Online’ मार्फत सार्बजनिक गरिनेछ ।
तस्बिर सार्बजनिक पश्चात् तस्बिरमा आएको सबैभन्दा धेरै लाईकको आधारमा बिजेता घोषणा गरिनेछ । बिजेताको नाम १५ फेब्रुअरीमा ‘डिथ्री अनलाईन’ बाटै सार्बजनिक गरिनेछ । बिजेताले आकर्षक पुरस्कार संगै कभर गायनमा चर्चित बनेका गायक पल लिम्बू संग पारिवारिक भेटघाट र सेल्फी खिच्ने मौका प्रदान गरिनेछ ।
यो प्रतियोगिताको बिजेता जोडिले प्रोफेसनल फोटोसुटको पनि मौका पाउनेछन् । फोटोशुट गरिएका उक्त तस्बिरहरूलाई अनलाइन तथा पत्रीकामा प्रकासन समेत गरिनेछ । यस प्रतियोगितालाई पुर्वेली न्युज, बार्दली क्रीयशन, सुबर्ण फोटोग्राफी, नवीन कस्मेटिक ‘आस्थाबेरी’, ईटहरी, पन्चकोशी साप्ताहिक र पशुपति गोल्ड एण्ड सिल्भर ज्वेलर्स, ईटहरीले सहयोग गरेको छ ।

विपद र स्वास्थ्य सम्बन्धी समीक्षा र योजना बैठक सम्पन्न

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को विपद् व्यवस्थापनका नियमित र परियोजनागत गतिविधिबाट गएको एकबर्षमा मा ४ लाख ६५ हजार ८ सय ९४ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै ५० जिल्लामा नियमित तथा परियोजनागत स्वास्थ्य गतिविधिहरु सञ्चालन भएका छन् ।
हिजाे म‌गलबार बेलुकी चितवनमा सम्पन्न भएको नेरेसोमार्फत् सञ्चालन भएका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा गतिविधिहरुको २ दिने  वार्षिक समीक्षा वैठकको क्रममा यो जानकारी दिइएको हो ।
समीक्षाको क्रममा नेरेसोबाट विभिन्न विपद् व्यवस्थापनको क्षेत्रमा सञ्चालित गतिविधिको बारेमा निर्देशक धर्मराज पाण्डेयले समग्र प्रस्तुती गर्दै देशका ३३ जिल्लाका ४४ वटा गाँउपालिका र ५१ वटा नगरपालिकामा  विपद पूर्वतयारीका परियोजनाहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो । त्यस्तै एम्बुलेन्स, रक्तसञ्चार, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा देशका अधिकाँश क्षेत्रमा स्वास्थ्य गतिविधिहरु रेडक्रसले सञ्चालन भइरहेको स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले प्रस्तुतीकरणको सिलसिलामा बताउनु भयो ।
समीक्षा र योजनाको सिलसिलामा बिपद् तथा स्वास्थ्यक्षेत्रमा सञ्चालित विभिन्न परियोजनाहरुको छुट्टाछुट्टै सेसन र छलफल तथा  ग्यालरी वाक मार्फत् जानकारी गराइ समुहगत छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले भरखरै तयार भएको विपद् व्यवस्थापनको नयाँ ऐन र त्यसको अवधारणाको बारेमा, सँघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सीता दुवाडीले स्थानीय विपद् तथा जलबायु उत्थानशील योजनाको बारेमा र  नेपाली सेनाका विपद व्यवस्थापन निर्देशनालयको तर्फबाट जर्नेल जितबहादुर गुरुङले सिभिल मिलिटरी सम्बन्धको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यसका साथै नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडा र शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक नर बहादुर रावतले आआफ्नो सँगठनमा विपद् व्यवस्थापनका क्षेत्रमा भएका गतिविधिहरु र अनुभव प्रस्तुत गर्नुभएको थियो ।
नेरेसोका अध्यक्ष सञ्जीव थापाले कार्यक्रमको समापन गर्दै नेपालको प्रायजसो सवैखालका विपद् तथा स्वास्थ्य समस्यामा तत्काल सेवाको लागि रेडक्रसका स्वयँसेवकहरु अग्रपंतिमा रहीआएको बताउनुभयो । उहाँले भन्नुभयो ः “विपद् व्यवस्थापनमा नेपाल सरकार लगायत सवै सरोकारवाला सँग सँगसँगै छ । अहिले मुलुकभर विशेष तालिमप्राप्त १४ हजार सातसय स्वयँसेवकहरु अग्रपँक्तिमा रही प्रथम रेस्पोन्डरको रुपमा कार्य गरिरहेका छन् र यसमा अझ क्षमता वढाइने छ ।”
समीक्षा कार्यक्रममा सरकारी निकाय, यूएन, विभिन्न देशका रेडक्रसका प्रतिनिधिहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति –आइसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ, नेरेसोको केन्द्रीय नेतृत्व, विभिन्न जिल्लाहरुका रेडक्रस शाखाहरुका प्रतिनिधि तथा कर्मचारीहरु गरी १४० जनाको सहभागिता रहेको थियो ।
नेरेसो स्वास्थ्य सम्बन्धी केन्द्रीय समितिका सभापति उत्तम जोशीले स्वागत गर्नुभएको कार्यक्रमको समुदघाटन सत्रमा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले जीवन रक्षा र स्वास्थ्य सुरक्षाको अवधारणाबाट नेरेसोका गतिविधिहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो । समुद्घाटन सत्रमा अष्ट्रेलियन रेडक्रसका प्रतिनिधि मुकेश सिँ, आइसीआरसीका प्रतिनिधि आन्द्रे पाके (ब्लमचभ एबत्रगभत), नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले नेरेसोका गतिविधिहरुको समीक्षात्मक सम्बोधन गर्नुभएको थियो ।
श्रेष्ठले भन्नुभयो ः विपद व्यवस्थापन र स्वास्थ्य सेवा एक अर्काका परिपुरक हुन् । नेपाल सरकारले अघिल्लो महिना विपद व्यवस्थापनको लागि नयाँ ऐन ल्याएको र सो ऐनले रेडक्रस, मानवीय सँस्था लगायत निजी क्षेत्रको सहभागिता अपेक्षा गरेको छ ।
नेरेसो विपद् व्यवस्थापन समितिका सभापति मनोज थापाको सभापतित्वमा सञ्चालित सो समीक्षा वैठकमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चितवनमा बाढी, पहिरो, आगलागी, भूकम्प, सडक दुर्घटना, बन्यजन्तुको आक्रमण जस्ता विपद्को उच्च जोखिम क्षेत्रमा रहेकोले बृहत सहभागितामा राष्ट्रिय स्तरको समीक्षा र योजना वैठक चितवनमा आयोजना हुनु सान्दर्भिक रहेको बताउनुभयो ।
उत्कृष्ट स्वयँसेवकलाई सम्मान
प्राथमिक उपचारलाई घरदैलोमा पुर्याउन सन् २०१७ मा सक्रिय रहनुभएका स्वयँसेवक मध्ये चितवनका नीता ढकालले उत्कृष्ट प्राथमिक उपचार स्वयँसेक पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँलाई नेरेसोका अध्यक्ष सन्ज्ीव थापाले ट्रफि, प्रमाणपत्र सहित कार्यक्रम स्थलमा सम्मान गर्नुभयो ।
सन् २०१८ को लागि प्राथमिकताः 
बिपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवामा समुदायको क्षमता अभिबृद्धि हुने गतिविधिमा नै आगामी दिनको लागि पहिलो प्राथमिकता रहने बताइएको छ । वढ्दो शहरीकरण, बसाईँसराई र तापमान बृद्धि ले ल्याएका र ल्याउन सक्ने विपद् र सँकटलाई गतिविधिमार्फत् सम्बोधन गर्दै जाने,  सरकार लगायत अन्य एजेन्सीहरुसँगको सहकार्य बढाउने, नगद सहयोगको क्षमता अभिबृद्धि गर्ने, समुदायमा अग्रपंतिमा काम गर्ने दक्ष जनशक्तिलाई क्षमतावान बनाउने  र लाभान्वित वर्गको मर्यादा, पहुँच, सहभागिता र सुरक्षा अभिबृद्धि गर्ने आगामी वर्षको प्राथमिकतामा राखिएको छ । कार्यक्रमको निचोड प्रस्तुत गर्दै नेरेसोका का.मु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भन्नुभयो ः जिल्ला जिल्लामा रेडक्रसमार्फत् गरिएका गतिविधिहरुको प्रतिवेदन र व्यवस्थापन सूचना प्रणालीलाई सुदृढ बनाइने छ । मुलुकको सँघीय प्रणाली अनुसार परियोजनाहरुको कार्यक्षेत्रमा पुनर्विचार गरिने  र स्रोत परिचालनमा स्थानीय निकायहरुसँगको सहकार्य र पैरवी वढाइने छ ।
समापन कार्यक्रममा सहभागीको तर्फबाट डा. कुलेश थापाले ज्ञान र अवधारणा बनाउन समीक्षा बैठक एउटा उत्कृष्ट थलो अनुभव भएको छ ।
नेरेसोका उपमहामन्त्री हरि प्रसाद न्यौपानेले समुदाय र साझेदार प्रति रेडक्रसको जिम्मेवारी  थपिएको बताउनुभयो ।
त्यस्त,ै नेपाल रेडक्रस सोसाइटीले सामुदायिक एकिकृत स्वास्थ्य कार्यक्रम, आपत्कालीन तथा सामान्य अवस्थामा स्वास्थ्य पूर्वाधार विकास तथा नेरेसोको स्वास्थ्य सेवा सञ्चालनमा क्षमता अभिबृद्धितर्फ सन् २०१८ का स्वास्थ्य क्षेत्रका गतिविधि लक्षित हुने बताइएको छ । साथै, सडक शुरक्षा, स्वास्थ्य चेतना जस्ता विषय आगामी दिनमा रेडक्रसका मूल गतिविधिकै रुपमा अगाडि बढाइने सहमति गरिएको छ ।

दुर्गेस थापा हेर्न केटीहरुको हान्थाप, कपडा खेलेरै स्टेजमा उत्रिए दुर्गेस (भिडियो)

पछिल्लो समय चलेका मोडल हुन् दुर्गेस थापा । उनी मोडलमात्र होईनन् गायक पनि हुन् । पोखरामा जारी लेखनाथ महोत्सवमा मंगलबार दुर्गेस थापा हेर्नेको लागी हजारौंको भिड लाग्यो । साँझमा राखिएको दुर्गेशको स्टेजमा भिड नियन्त्रण गर्न समेत आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटाहरु भन्दा केटीहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा थापाले नृत्य होईन आफ्ना गीतसंगीत प्रस्तुत गरे । उनले आफ्ना फ्यान धेरै देखेपछि लगाएको ज्याकेट समेत खोलेर समान्य भेष्ट (गन्जी)मा स्टेज उत्रिए । जाडोको समय किन उनले यो हर्कद देखाए ? के लेडिज फ्यानको लागी हो कि उनको यो स्टाईल हो त्यो भने दुर्गेश आफैले जानुन् । हेरौं दुर्गेसका फ्यान र उनका यो बबाल प्रस्तुती ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ महाधिवेशन शुरु, सडक यातायातको विकल्प छैन – उपराष्ट्रपति पुन

शिशिर सिंखडा
रत्ननगर, चितवन, १७ माघ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ महाधिवेशन आज बुधबारबाट चितवनको रत्ननगरमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले देशको हरेक जिल्ला र गाउँ सडक यातायातले जोडिएको भन्दै देशमा अन्य यातायात भन्दा सडक यातायात महत्वपूर्ण रहेको र यसको विकल्प समेत नरहेको बताएका छन् ।
हवाई यातायात महंगो र जल यातायातको सम्भावना कम भएकोले सडक यातायातको देशमा विकल्प नभएको भन्दै यसलाई व्यवस्थित बनाउन निजी क्षेत्र र सरकार लाग्नुपर्ने बताए । रु. ५ खरबको लगानी रहेको यातायात क्षेत्रमा २० लाख नेपालीले प्रत्यक्ष रोजगार पाएको भन्दै उपराष्ट्रपति पुनले सार्वजनिक यातायात क्षेत्र उद्योगको रुपमै रहेको समेत बताए ।
देशमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भई संविधान कार्यान्वयनको अवस्थामा रहेको भन्दै पुनले अब देश आर्थिक समृद्धि तर्फ अगाडि बढेको समेत बताए । देशको आर्थिक विकासको लागि निजी क्षेत्र र त्यसमा पनि यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री सिता गुरुङ्ग, पूर्व मन्त्रीहरु मुकुन्द न्यौपाने, बालकृष्ण खाँड, लेखराज भट्ट, अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय अध्यक्ष गणेश रेग्मी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष अजय राई, अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष सोम तमाङ, महासंघका केन्द्रीय सल्लाहकार संयोजक योगन्द्रनाथ कर्माचार्य लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

यहि माघ १९ गते शुक्रबारसम्म हुने पाँचौ महाधिवेशनबाट महासंघको ८३ सदस्यीय केन्द्रीय कमिटीको चयन हुनेछ । देशभरका करिब ३ सय संघ, समिति र प्रा.लि. ले देशभर यातायात संचालन गरिरहेका छन् । सो यातायात व्यवसायीहरु मध्येबाट प्रतिनिधिमूलक रुपमा २ हजार ३ सय प्रतिनिधिले महाधिवेशनमा सहभागीता जनाएका छन् । प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका साथै यातायात क्षेत्रको विकासको लागि घोषणा पत्र समेत जारी गर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

दुई सभापतिलाई एउटै मन्चमा स्वागत र बधाई !

न्यूयोर्क:- यहि जनवरी २८ तारिख आईतवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले पूर्व माननीय एवं नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति श्री मदन आमात्यलाई स्वागत भेटघाट तथा छलफल कार्यक्रमसंगै पार्टी सभापति शेरबहादुर देउवा द्दारा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति श्री आनन्द बिष्ट, पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत हुनुभएकोमा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथिति पूर्व माननीय एवं ललितपुर जिल्ला नेकाका सभापति श्री मदन आमत्यले नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति श्री आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै, जनसम्पर्क समितिहरूको लागि आनन्द बिष्टको मनोनीत एउटा गौरवको बिषय भएको कुरा बताए। राजनीति व्यवसाय होईन समाजसेवा भएको कुरा राख्दै प्रमुख अथिति अमात्यले काँग्रेसका कार्यकर्ताहरू दासी होईन स्वविवेक प्रयोग गर्नसक्ने सदस्य बनिदिन सबैलाई आग्रह गरेका थिए । चुनावी प्रकृयाबाट आएको नेतृत्वलाई सबैले विश्वास गर्नुपर्ने कुरा राख्दै, काँग्रेसमा केहि सुधारको आवश्यकता भएपनि संस्थागत निर्णय सबैले मानेर नै जानुपर्ने धारणा प्रमुख अथिति आमत्यले राखेका थिए ।

बिशेष अथिति पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले, पार्टी सभापति श्री शेरबहादुर देउवाले आफुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर संसारभरीका जनसम्पर्क समितिहरूलाई स्मरण गर्दै सम्मान गरेकोमा पार्टी सभापति प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । संगठनमा विमति राख्नुहुने सबैलाई अधिवेशन सम्पन्न गर्न सहयोगका लागि आह्वान गर्दै, संस्थाको विधि , विधान र लोकतान्त्रिक मूल्य र मान्यतालाई सबैले पालना गरिदिनहुन बिष्टले आग्रह गरेका थिए । विविध अफ्ठ्यारा र चुनौतिका बावजूद शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गरेकोमा सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा धन्यवाद व्यक्त गर्दै, आफुलाई बधाई दिनुहुने सबैप्रति बिष्टले आभार प्रकट गरेका थिए ।

बिशेष अथिति न्यूयोर्कका नेपाली महावाणिज्यदूत मधु मरासिनी र अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सम्योजक कानूनविद खगेन्द्र जिसीले प्रवासमा बसेर पनि देश र आफ्नो पार्टीका निमित्त काम गरेको हुनाले आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएकोमा खुशि व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले काँग्रेसले पटक पटक आफु हारेर भएपनि देश र जनतालाई जिताएको कुरा स्मरण गराएका थिए । निर्वाचनमा नराम्रो हार व्यहोरेको काँग्रेस पार्टीको जीवनमा विभिन्न कोणबाट निर्मम प्रहार हुन थालेकाले अप्रिय विवाद , असन्तुष्टी , मतभेदलाई भूलेर यो वेलामा सबै काँग्रेसीहरू एक ढिक्का भएर मजबूद र नवीन काँग्रेस बनाउँनमा लाग्नुपर्ने धारणा नेम्बाङले राखेका थिए । एक छुट्टै प्रशंगमा अब चाँडै जनसम्पर्क समिति अमेरिकाको च्याप्टर र केन्द्रको अधिवेशन हुने भएकोले सबैसाथिहरूलाई एक ठाउँमा आएर जुटिदिन आग्रह गर्दै, व्यक्तिलाई होईन संगठनलाई बडि माया गरिदिनहुन महासचिव नेम्बाङले सबैलाई अनुरोध गरेका थिए । पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा संगठनका सभापति मनोनीत हुनुभएकोमा नेम्बाङले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।

अन्य शुभकामना दिनेहरूमा नेपाल बिध्यार्थी संघ केन्द्रीय कार्यसमितिका सह-महामन्त्री दीपेन्द्र राई, नेजस अमेरिकाका सल्लाहकार डा. विनोद शाह, केन्द्रीय सदस्य सुवास लामा, तामांग सोसाइटी अमेरिकाका अध्यक्ष लक्यान लामा, प्रवासी नेपाली मंन्चका पूर्व अध्यक्ष संजय थापा, एनआरएन आईसिसि सदस्य द्दय बन्दना कोईराला र गोमा सेन , लंगआईल्याण्ड च्याप्टरका तर्फबाट शिव बाँनिया, प्रवासी नेपाली एकता समाज न्यूयोर्क च्याप्टरका महासचिव नवराज खड्का, नेबि संग अमेरिकाका संयोजक महेन्द्र शाह, साहित्य समाज अमेरिकाका गिता खत्री, संन्चार कर्मी शैलेस श्रेष्ठ, रविन बज्रचार्य, बेगम पण्डित , सुरेन्द्र सापतोटा लगायत थिए ।

ज्याक्सन हाईट न्यूयोर्कको याक रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमको समापन गर्दै, सभापति रोशन ढुंगनाले न्यूयोर्क च्याप्टरले सदैव “चेन अफ कमाण्ड” लाई मान्ने गरेकाले यो कार्यक्रमको आयोजना गरेको कुरा बताएका थिए । भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमको संन्चालक च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए भने उपस्थितहरूलाई स्वागत मन्तव्य च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

राष्ट्रपति ट्रम्प ले विविधता चिट्ठा(डिभी) खारेज गर्ने पक्षमा ,निकटतम परिवारलाई मात्र अमेरिका झिकाउन मिल्ने संकेत

राष्ट्रपति ट्रम्प ले विविधता चिट्ठा(डिभी) खारेज गर्ने पक्षमा ,निकटतम परिवारलाई मात्र अमेरिका झिकाउन मिल्ने संकेत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी ३० तारिख पहिलो पटक काँग्रेस र सिनेटको संयुक्त सदनलाई सम्बोधन गरेका छन् l उनले अमेरिकाको अर्थ तन्त्र बलियो तथा बेरोजगारी को अवस्था ऐतिहासिक रुपमा सफल रहेको चर्चा गरे l

उनले अन्य गहकिलो सारगर्भित मनतब्य राख्दै अन्य मुलक सहित नेपालले प्राप्त गरि रहेको विविधता चिट्ठा(डिभी) खारेज गर्ने पक्षमा जोड दिएका छन् l त्यसको साथै उनले अर्को महत्वपूर्ण मन्तब्य राख्ने क्रममा अमेरिकाको नागरिकता लिए पछि अन्य सदस्यहरुलाई अमेरिका झिकाउन पाउने सम्बन्धमा समेत बिशेष चर्चा गरे l

उनले भने अब त्यो परिवारलाई बोलाउन आफ्नै नजदिकका परिवार तथा सानो उमेरका बालबालिकालाई मात्र झिकाउन दिने मन्तब्य कै क्रममा आफ्नो धारणा राखे l

अमेरिकाको नागरिकता लिए पछि आमा बुवा ,छोराछोरी ,दाजुभाई ,भतिज/भतिजी भान्जा/भान्जी तथा अन्यलाई समेत झिकाउन पाइने प्रणालीमा भएकोले अब उप्रान्त नजदिक का लाई मात्र झिकाउन पाइने संकेत दिएका छन् l उनले सिक्री प्रणालीको कारण एक परिवार ले अर्को परिवार का सदस्यलाई ल्याउन पाउने पद्धतिलाई समाप्त पर्नु पर्ने विचार राखेका छन् l

उनले यसको कारण हालसालै अमेरिकामा यसरी अमेरिका नातेदार बोलाइएका बाट आतंकबादी हमला भएको कारण यसो चर्चा गरे l अमेरिकाको नागरिकता लिए पछि नेपालीहरुले आफ्ना नातेदार बोलाउन पाउने छन् l तर त्यसो लागि १० देखि १२ बर्ष सम्म कुर्नु पर्ने हुन्छ भने अन्य देश फिलिपिन्स र मेक्सिको का नागरिकलाई कम्तिमा २० बर्ष सम्म पनि पालो पर्खनु पर्ने हुन्छ l

अमेरिकाले नजदिकका नातेदारहरुमा पति/पत्नी ,बुवाआमा ,हजुरबुवा/हजुर आमा ,बालबालिका ,नातिनातिनी ,दाजुभाई,दिदि बहिनि ,सासु ससुरा ,ज्वाई /बुहारी तथा धर्मपुत्र /धर्मपुत्री लाई मानिन्छ भनि उल्लेख गरेको छ l

यसको साथै राष्ट्रपतिले आप्रवासी सुधार चार खम्बा (पिलर)का आधारमा गरिनु पर्ने बताए । ४ खम्बामा नाबालक हुदां गैरकानुनी रूपमा अमेरिका छिरेका योग्य सपना देख्ने लाई १२ वर्षमा नागरिकता प्रदान गर्ने , पर्खाल लगाउने, बिबिधता चिट्ठा डीभी जस्तो पुरानो म्याद गुज्रिई सकेको कार्यक्रमबाट विदेशी ल्याउने र परिवारका सदस्यले अन्यलाई ल्याउन पाउने सिक्री प्रणाली बन्द गर्नु पर्ने बताए ।

उनले ३ दशकको गलत आप्रवासी नीति सुधार गर्न काँग्रेसको सहयोगको अपेक्षा गरेका छन् भने ईरान ,उत्तर कोरिया को बारेमा चर्चा समेत गरेका छन् l उनले इजरायलको राजधानी जेरु सेलमलाई प्रस्ताव राख्दा अन्य देशले विपक्षमा मत हाल्ने राष्ट्रहरुलाई आर्थिक सहयोग मा कमी गर्ने संकेत दिएका छन् l

बर्ष भरिमा आफुले गरेका कार्य सम्पादन लाई शान संग आफ्नो कुराहरु राख्ने यो सुवर्ण अवसर भएकोले राष्ट्रपति ट्रम्प ले शानदार तथा दमदार विचार पस्केका छन् l

नेपाली भाषा कक्षा मुल्याङ्कन प्रश्न पत्र

१.लायन्सबाट संचालित नेपाली भाषा कक्षा तपाईलाई कस्तो लाग्यो ?

२.अब थप भाषा कक्षाको आवश्यकता छ की छैन ?

३.कक्षामा सहभागी तपाईको बाल बालिकामा तपाईले सोचे अनुसारको उपलब्धि पाउनु भो वा भएन ?

४.यस कक्षालाई अझ प्रभाबकारी बनाउन तपाईको सुझाब ?

५. तपाईलाई.कक्षा संचालनको समय, स्थान, बार केहि परिबर्तन गर्नु पर्ने लागेको छ की ?

६. भाषा कक्षमा तपाईलाई शिक्षकको भुमिका कस्तो लाग्यो । शिक्षकलाई केही सुझाव छ की ?

७. लायन्सले प्रत्येक छात्र छात्राहरुबाट मासीक लिदै आएको शुल्क ठिक छ वा परिमार्जन गर्नु पर्दछ ?

८.लायन्सले अब नयां पाठ्य पुस्तक बनाई कक्षा संचालन गर्ने सोच बनाएको छ । यसमा तपाईको सुझाब केही छ की ?

९ तपाई नया पाठ्य पुस्तक निर्माणगर्ने समितीमा बसेर काम गर्न इच्छुक हुनु हुन्छ ?
१०. तपाईको अन्य केही सुझाब छ की…………………..?

 

 

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...