Saturday, January 27, 2018

नेवा:नसा नख:(नेवा:फूड फेस्टिवल)मा भाग लिन नेवा:जागरण मंचका अद्यक्ष जापान आईपुगे

नेवा:नसा नख:(नेवा:फूड फेस्टिवल)मा भाग लिन नेवा:जागरण मंचका अद्यक्ष जापान आईपुगे

जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्वेस्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्षमा आयोजित नेवा:फुड फेस्टिवल२०१८  मा भाग लिन नेवा:जागरण मंचका अध्यक्ष सुजिब सुर्य बज्राचार्य ,संयोजन समितिका सदस्यहरु निरन्जन रत्न शाक्य र मचाराजा महर्जन आज जापान आईपुगेका छन l

उहाँहरुलाई हानेदा विमानस्थलमा आयोजकका तर्फबाट वर्ल्ड नेवा:अर्गनाईजेन जापानका संयोजक तथा नेवा:जागरण मंच जापानका सल्लाहाकार  सुनिल कुमार शाक्यले फुलको गुच्छाले स्वागत गरेका थिए  l

लगतै आजै साँझ उहाँहरुको स्वागतमा शिबुया स्थित चुबाकी गार्डेनमा स्वागत तथा रात्रीभोजको आयोजना गरियो l

सो अवसरमा नेवा:जागरण मंच का अध्यक्ष सुजिब सुर्य बज्राचार्यले जापानमा नेवा :नसा नख:ले

जापानीहरु माझमा  नेवार  खाना तथा संस्कृतिको प्रचार तथा प्रबर्दन गर्न गरिकोमा आयोजकलाई धन्यवाद दिंदै आफुहरु यस कार्यक्रममा सहभागि हुन् पाउँदा अत्यन्त खुशी भएको कुरा बताउनु भएको भयो l

स्वागत मन्तब्य दिंदै नेवा:नसा नख:का प्रतिनिधि जापानी नागरिक यामाकावा मासाहिरो(ब्यांचा दाई )ले यस कार्यक्रमलाई सोभा बढाउन हाम्रो निमन्त्रणालाई स्वागत  गरि   नेपाल देखि भाग लिन आउनु भएकोमा धन्यवाद दिंदै यस

नेवा:नसा नख:मा १५० भन्दा बढी जापानीहरु आउने कुरा  उहाँले बताउनु भयो l

कुमारी ,लाखे नाच ,धिमे बाजा ,भुस्या बाजा तथा विभिन्न नेवार संस्कृति झल्कने भेष भुषाको प्रदर्सन तथा  सास्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवार खानाको साथै  नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुराको जानकारी  सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले प्रस्ट्याउन्दै उक्त कार्यक्रमको समापन गरेको थियो l

जनवरी २८ आईतवार का दिन हुने उक्त कार्यक्रममा भाग लिन सम्पूर्ण जापानबासी नेपालीहरुलाई आयोजकका तर्फबाट जनक राज शाक्यज्युले आह्वान गर्नु भएको छ l

[email protected]

https://www.facebook.com/wnojapan/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...