Sunday, January 28, 2018

नेपाल सरकारद्वारा काबुलमा भएको बम आक्रमणको निन्दा

काठमाडौं, माघ १४ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ ।

 उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए ।परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

उक्त जघन्य घटनाका दोषीलाई अफगान सरकारले शीघ्र कानूनको कठघरामा उभ्याउने विश्वास पनि नेपाल सरकारले व्यक्त गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...