Sunday, January 28, 2018

रोड्रिग्वेजको निर्णायक गोलले लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा

काठमाडौं, माघ १४ । लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३-२ ले विजयी भयो ।

खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपूलका जोएल माटिपले एक आत्माघाति गोल गरे ।

लिभरपुलका लागि रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक–एक गोल गरे । जितसँगै वेष्ट ब्रोम एफ.ए. कपको अन्तिम १६ मा पुग्दा लिभरपुल चौथो चरणबाटै बाहिरिएको छ ।

एफ.ए कप फुटबलका अन्य खेलमा पिटरबोरो युनाईटेडलाई ५-१ ले हराउँदै लेष्टर सिटी, वाट्फोर्डलाई १-० ले हराउँदै साउथह्याम्पटन, वेष्ट ह्याम युनाईटेडलाई २-० ले हराउँदै विगान एथ्लेटिक तथा मिडिल्सब्रोलाई १-० ले हराउँदै ब्राईटन पाँचौ चरणमा पुगेका छन् ।

न्यूपोर्ट काउण्टीसँग १-१ गोलको बराबरी खेलेको टोटनह्याम हट्सपरले भने पाँचौं चरणमा पुग्न रि प्ले खेल्नुपर्ने भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...