Wednesday, January 3, 2018

अन्तर्राष्ट्रिय भारत्तोलक रुप कार्की द्वारा दुई हजार डलरको सहयोग अस्वीकृत

विजय थापा ,वाशिंगटन डीसी ,प्रथम अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताका स्वर्ण पदक बिजेता रुप कार्कीले नयाँ बर्षमा उनलाई प्रदान गरिएको दुई हजार डलरको सहयोग लिन अस्विकार गरेका छन् l

उनलाई उक्त रकम को चेक (धनादेश ) नयाँ बर्ष २०१८ मनाउने क्रममा डिसेम्बर ३१ का दिन भर्जिनिया को आसबर्न शहरमा उनले उक्त रकम लिन मानेनन् l भर्जिनियाको च्यान्टीलि ,फेयर फ्याक्स ,स्टरलिङ्ग ,साउथ राईडिंग ,एलडी , आसबर्न ,हर्नडन,मनासस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय द्वारा अंग्रेजी नयाँ बर्ष साँझ कार्यक्रममा भारत्तोलक कार्कीले यसो गरेका हुन l

भर्जिनियाको आसबर्नमा संचालित चमेना गृह “वाइल्ड हारमोनी ” ले उनले अमेरिकामा रहेर नेपाल र नेपालीको नाम बिश्वमा चिनाएको तथा उनलाई हौसला प्रदान गर्न खुसिसाथ हस्तान्तरण गरिएको दुई हजार डलरको चेक प्रदान गर्नेलाई फिर्ता दिएका छन् l

उक्त दुई हजार डलरको रकम वाइल्ड हारमोनी ” का संचालकहरु रन छेत्री तथा कलाकार अनुपमा प्रसाईले हस्तान्तरण सबैको माझमा गरेका थिए l उनलाई उक्त नयाँ बर्ष सांझमा ताम्रपत्र द्वारा सम्मान गरिएको थियो l

भारत्तोलक कार्कीले यो भन्दा अगाडी पनि न्यू जर्सीमा छेत्रीले त्यो भन्दा ठूलो रकम दिंदा पनि फर्काएको ईनेप्लिजलाई कार्कीले बताए l संघ संस्थाले भन्दा पनि वैयक्तिक रुपमा प्रदान गरिएको रकम को त्यतिनै महत्व हुन्छ तर मनले नमानेकोले अस्विकार गरेको बताए l

छेत्री तथा कार्कीको पहाड घर बाग्लुङ्ग क्षेत्र नै भएकोले छेत्रीले धेरै माया गर्नु हुन्छ कार्कीले भने l कार्कीले प्रोत्साहन स्वरुप दिने मनसायले प्रदान गर्नु भएको थियो तर मेरो मनको आदेले लिन अनुमति दिएन भने l ठूलो हृदयले अमेरिका जस्तो ठाउँमा $ २ हजार डलर को धेरै मान्यता राख्ने हुन्छ भन्दै मैले अस्विकार गरेकोमा दुख मान्नु हुदैन भन्ने लागेको कार्कीले बताए l

यसले वहाहरुलाई कुनै दुख हुन् नपरोस र आफू पैसाको पछाडी भन्दा आफूले नेपाल र नेपालीको नाम राख्ने पवित्र उद्धेश्यले खेलमा लागेको बताए l ईनेप्लिज संग छोटो कुराकानी गर्दै संघ/सँस्था ले यस्तो पहल गरेको भए त्यो पनि सोच्ने अवस्था आउथ्यो होला उनले भने l

भारत्तोलक कार्की अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगीतामा स्वर्ण पदक पदक प्राप्त गर्ने अमेरिकाको ईतिहासमा एक मात्र नेपाली मूलका हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...