विजय थापा ,काठमाडौँ का चर्चित कलाकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा आफूले बनाएका संकलित चित्रहरुका ” एकल चित्रकला प्रदर्शन ” गर्ने भएका छन् l
आगामी जनवरी ५ शुक्रबारका दिन घिमिरेले ” पिस इन एब्सट्राकसन् ” अर्थात् “कल्पनामा शान्ति ” नामक मूल बिषय राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरी अन्डर ग्राउण्ड मा हुने भएको छ l
प्रदर्शन शुक्रबार साँझ ५ बजे देखि सुरु हुने छ l चित्रकार घिमिरे सानै उमेर देखि चित्रकला विधामा लागेका हुन् भने उनले ९ बर्षको उमेरमा अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा बिजयी भएका थिए l
उनले नेपाल बाहेक फ्रान्स को पेरिस तथा लियोनमा सफलता पूर्वक आफ्ना चित्रकला प्रदर्शन गरि सकेका छन् l कलाकार घिमिरे द्वन्द समाधानका उच्च श्रेणीमा बिशेष योग्यता हासिल गरेका छन् भने जस्को माध्यम द्वारा कलाकारहरुले कसरी आफ्ना बिचारहरु द्वन्द अवधि तथा द्वन्द समाप्त पछि चित्रण गर्छन भन्ने कुरामा जोड दिदै ” प्रदर्शन को मुख्य शीर्षक नै ” कल्पनामा शान्ति ” भन्ने राखेका छन् l
फ्रान्समा भएको घिमिरेको प्रदर्शनमा ७० प्रतिसत चित्रकला बिक्रि भएका थिए l उनको अमेरिकामा यो पहिलो एकल प्रदर्शन हो l
No comments:
Post a Comment